सौर्य एयरलाइन्सका अध्यक्ष पोखरेलद्धारा सयौं वृद्धा आमाको सम्मान



हाम्रो इकोनोमि

 

 

मातातिर्थ औसीमा सामान्यतः सवैले आ–आफ्ना घरमा आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गर्छन । तर, पूर्वी नेपाल झापाका एक जना व्यवसायीले भने आमाको मुख हेर्ने दिनलाई अलिक विशेष ढंगले मनाए ।

सौर्य एयरलाइन्सका अध्यक्ष दिपक पोखरेलले आफ्ना वयोवृद्ध आमा वुवासँगै स्थानीय ५ सय ६० जना आमाहरुलाई आफ्नै आँगनीमा भेला गरेर आमाको मुख हेर्ने दिन मनाएका छन् । सवै आमाहरुलाई घरको आँगनीमा विशेष जमघट गरेर आमाको मुख हेर्ने कार्यक्रम गरेको उनले बताए ।
झापाको भद्रपुर स्थित निवासमा दिनभरीजसो वृद्धाआमाहरुको बाक्लो उपस्थिति थियो । सवैलाई दोसल्ला ओढाएर विशेष भोज सहित पोखरेलले वृद्धाआमाको सम्मान गरेका थिए । झापा चन्द्रगढी स्थित ओम साई अस्पतालका अध्ययक्ष समेत रहेका पोखरेल पूर्वी क्षेत्रकै चर्चित व्यवसायी हुन । त्यसक्षेत्रमा उनी सामाजिक क्षेत्रमा प्रसिद्धी कमाएका व्यवसायीको रुपमा परिचित छन ।

आफ्नै घरको आँगनीमा वृद्धा आमाहरुको जमघट गरेर उनीहरुको स्वास्थ्य परिक्षण देखि सम्पूर्ण व्यवस्था पोखरेले मिलाएका थिए । यसबाट खुसी देखि वृद्धा आमाहरुले पोखरेललाई आर्शिवाद व्यक्त गरेका थिए । आफुलाई गरेको सम्मान र भक्तिभावबाट प्रभावित भएर वृद्धा आमाहरु निकै खुुसी देखिएका थिए ।
पोखरेलले वृद्धा आमालाई गरेको सम्मानभावलाई प्रचारको रुपमा नभै दायित्वको रुपमा लिएको बताए । ‘सबै आमा समान हुन, आमाबुवा खुसी भए संसार खुसी हुन्छन्’, पोखरेलले भने । उनले वृद्धवृद्धा अभिभावकको सम्मान गर्दा नै आफुलाई आत्मसन्तुष्टी प्राप्त हुने गरेको बताए । उनले वृद्धवृद्धाहरुको स्वास्थ्य उपचारका लागि आफु सम्वद्ध अस्पतालमा पनि विशेष सहुलियतको व्यवस्था गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...