यस्तो छ प्रदेश प्रमुख हटाउने गोप्य योजना, बोलाएर राजिनामा गराउने
सरकारले कतिपय काम सुटुक्क गर्नुपर्छ । त्यसरी सुटुक्कै गरिने काम सार्वजनिक भयो भने त्यसबाट सरकारलाई दबाब पर्छ। संवैधानिक हिसाबमा सरकारलाई काम गर्न मिल्ने भए पनि जनस्तरको प्रतिक्रियाले त्यसलाई अड्काउँछ। यसको पछिल्लो उदाहरण हो, प्रदेश प्रमुख हटाउने निर्णयबाट सरकार ब्याक हुनु।