सुन तस्कर समातेकोमा यूएईलाई यसरी दिए धन्यवाद गृहमन्त्री बादलले



हाम्रो इकोनोमि

३८ क्वीन्टल सुन तस्करी प्रकरणमा संयुक्त अरब ईमिरेट्स ९यूएई०ले नेपाल सरकारलाई सहयोग गरेको भन्दै गृहमन्त्री रामबहादुर थापा बादलले यूएई सरकारलाई धन्यवाद दिएका छन् ।

शिष्टाचार भेटका लागि बिहीबार गृहमन्त्रालय पुगेका यूएईका राजदूत साईद हम्दान मोहम्मद अल नाक्बिमार्फत गृहमन्त्री थापाले धन्यवाद दिएका हुन् ।

 

सुन तस्करीबारे अनुसन्धान गर्ने क्रममा नेपाल सरकारको आग्रहअनुसार यूएईले एकजनालाई पक्राउ गरी नेपाल पठाउन सहयोग गरेको थियो ।

 

भेटकै क्रममा गृहमन्त्री थापाले यूएईमा कार्यरत नेपाली कामदारहरुको संरक्षण र वृत्ति विकासमा सहयोग गर्न राजदूत साईद हम्दानलाई आग्रहसमेत गरेका छन् ।

 

भेटमा राजदूत नाक्बिले मानव तस्करी र अन्य किसिमका तस्करी रोक्नेबारे नेपाल र यूएईबीच कुनै किसिमको सम्झौता नभएका कारण केही समस्या देखिएको भन्दै नेपालले यस्तो प्रकारको सम्झौता गर्न चाहे यूएई तयार रहेको प्रष्ट पारेका थिए ।

 

यूएईका उपप्रधान तथा गृहमन्त्रीका तर्फबाट राजदूत नाक्बिले गृहमन्त्री थापालाई यूएई भ्रमणका लागि निमन्त्रणा गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...