कांग्रेस सांसद अभिषेक शाहको चन्दा आंतक, २० लाख रुपैँया मागेको खुलासा



हाम्रो इकोनोमि

 

नेकपा निकट व्यवसायी रोमन शिलाकारले नेपाली कांग्रेसबाट निर्वाचित सांंसद अभिषेक प्रताप शाहको निर्देशनमा केही व्यक्तिहरु आफुलाई फसाउन सक्रिय भएको आरोप लगाएका छन् । प्रदेशसभाको निर्वाचनमा भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर १ (ख)मा बाम गठबन्धनको तर्फबाट उम्मेदवार रहेका शिलाकारले कपिलवस्तु जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ का कांग्रेसका निर्वाचित  सांसदले चन्दा नदिएपछि आफुलाई फसाउन खोजको बताए ।

 

विहिबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै शिलाकारले भने, ‘२०७४ साल माघमा सांसद शाहले मसँग २० लाख रुपैँया चन्दा सहयोग माग्नु भएको थियो, मैले उक्त रकम दिन सक्दिन भने ।’ ‘त्यसपछि पून साउन १ गते उनले आफैं फोन गरेर फेरि ५ लाख चन्दा सहयोग माग्नु भयो, मैले उहाँले मागेको रकम चन्दा नदिएपछि उहाँको निर्देशनमा मलाई नियोजित रुपमा फसाँउन लाग्नु भएको छ,’ शिलाकारले पत्रकारहरुसँग भने ।

 

साउन ६ गते आइतबार राती ९ कपिलवस्तु जिल्लाको रहेको उनको नेपाल इन्डो इन्ड्रट्रिज प्रालिद्धारा सञ्चालित प्लाईउड उद्योगमा जबरजस्ती सांसद शाह निकट व्यक्तिभित्र फसेको उनको आरोप रहेको छ ।  भारतीय नम्बर प्लेटको गाडी यूपी ३२ एचए ००२३ नम्बरको गाडीमा भएका व्यक्तिहरुले लु १ त ३५५३ नम्बरको ट्राक्टरमा युरिया मल ल्याएर उद्योगमा झारेको र फोटो खिचेर मल तस्कर गरेको भन्दै हल्ला गरेको उनको भनाई छ ।

 

सांसद शाहको चन्दा आंतकबाट विगतदेखिनै त्यसक्षेत्रका व्यवसायीहरु पीडित हुँदै आएको समेत शिलाकारले आरोप लगाए ।  उनले भने ‘केही सञ्चार माध्यमा कपिलवस्तुका प्रहरी उपरिक्षक मनोज यादवको समेत मिलोमतो भनेर प्रहरी र आफु बदनाम गराउने प्रयास भएको छ ।’

 

प्रहरीले आफ्नो उद्योगभित्र जवरजस्ती प्रवेश गर्ने सुदाम यादव, शशिकान्त खेर, राकेशमणि त्रिपाठी र महेश पासवानलाई पक्राउ गरेको समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...