आमाबुबा गुमाएका बालबालिकालाई शिक्षामा सहयोग
आमाबुबा गुमाएका अति विपन्न परिवारका पाँच जना बालबालिकालाई नेपालगञ्ज उपमहानगरपालिका–१२ को वडा कार्यालयले निजी विद्यालयमा अध्ययनको व्यवस्था मिलाएको छ । सोही वडाका चिडिमार समुदायका ती बालबालिकालाई वडा कार्यालयले स्थानीय सेन्टथोमस बोर्डिङ स्कूलमा १ देखि १० कक्षासम्म अध्ययनको व्यवस्था मिलाएको हो