बालागुरु शिवालय धामलाई उन्नाइस किलोको मूर्ति दान



हाम्रो इकोनोमि

इलामका समाजसेवी डम्बर खड्काले माइजोगमाई गाउँपालिकामा रहेको एक मन्दिरलाई १९ किलो ग्रामको धातुको मूर्ति प्रदान गर्नुभएको छ ।

नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहनुभएका उहाँले माइजोगमाई गाउँपालिका–१ नयाँ बजारमा रहेको बालागुरु शिवालय धामलाई सो मूर्ति दान गर्नुभएको हो ।

करीब रु एक लाख १० पर्ने मूर्ति उहाँले मन्दिर व्यवस्थापन समितिका सहसचिव शिव निरौलालाई प्रदान गर्नुभएको छ । मन्दिरलाई मूर्ति दान गर्न पाएकोमा खुशी व्यक्त गर्दै खड्काले मन्दिरलाई आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

मन्दिरका सचिव याम रसाइलीले खड्काले गर्नुभएको मूर्ति दानले आफूलाई थप काम गर्न हौसला मिलेको बताउनुभयो । इलामको रेडियो चियाबारीका अध्यक्ष समेत रहनुभएका खड्काले जिल्लामा रहेका विभिन्न मठ मन्दिर, चर्च, गुम्बाका साथै असाहय असत्तलाई समेत सहयोग गर्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...