राजनीति

छोरीको बिहे टुंग्याउन घर गएका सिँचाइ सचिवको शव फेला, दुई जना अझै भेटिएनन्

त्रिशूली नदीमा जिपसहित हराएकामध्ये एक जनाको शव फेला परेको छ। नेपाल सरकारका सिँचाइ सचिव रामानन्द यादवसहित चढेको बा २ झ ३१४० नं को जिप बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा आज बिहान दुर्घटनामा परेको थियो। हराएकामा सचिव यादवलाई मृतावस्थामा फेला पारिएको छ।