ओली सरकारको घोषणा, फास्ट ट्रयाक देखि चिसापानी बहुउद्देश्यीय जलविद्युत् परियोजना, पूर्व–पश्चिम उच्च गतिको रेलमार्ग, बच्चादेखि वृद्धवृद्धासम्मलाई भत्ता



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले समृद्धिका लागि फास्ट ट्रयाकबाट ठूला परियोजना अघि बढाउने नीति लिने भएको छ । एमाले र माओवादीले गठन गरेको कार्यदलले चुनावी घोषणापत्रलाई आधार मान्दै वाम गठबन्धनको कार्यदलले सरकारका प्राथमिकताहरू निर्धारण गरी प्रतिवेदन हस्तान्तरण गरेपछि ओली सरकारको नीतितय भएको हो ।

सरकारको नीतिका लागि कार्यदलले ठुल्ठूला योजनाका कामहरू तत्कालै सुरु गरी खरायो गतिमा अगाडि बढ्न सुझाव दिएको छ । पाँच वर्षभित्र मुलुकलाई एउटा सफल राष्ट्रको दिशातर्फ अगाडि बढाउन कार्यदलले जलविद्युत् परियोजना, द्रुत रेलमार्ग, कृषिको आधुनिकीकरण लगायतमा जोड दिनुपर्ने सुझाव दिएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वाम गठबन्धनको सरकारका लागि दुई पार्टीका नेता सम्मिलित कार्यदलले कामका प्राथमिकताहरू निर्धारण गरेको हो ।

एमाले उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा गठित कार्यदलले सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा पुगेर प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सरकारका प्राथमिकतासहितको प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा संयुक्त चुनावी घोषणा पत्र र संविधानको भावनाअनुसार आफ्ना कामका प्राथमिकता तय गरेको संयोजक गौतमले जानकारी दिए ।

ओली नेतृत्वको वाम सरकारले समाजवादोन्मुख सामाजिक आर्थिक रूपान्तरणका लागि काम गर्ने भएको छ । ‘अब यो सरकारले खरायोको गतिमा काम गर्नु जरुरी छ’, उपाध्यक्ष गौतमले भने, ‘तीव्र गतिमा देश विकास गर्न सकेमा मात्रै आर्थिक सामाजिक सम्मुनति सम्भव छ । त्यसका लागि अबौँ लगानीका ठूला परियोजनामा हात हाल्नु जरुरी छ ।’

कार्यदलले ओली नेतृत्वको सरकारले देशमा ठुल्ठूला विकास निर्माण योजनामा फ्रास्ट ट्रयाकबाट प्रक्रिया अगाडि बढाई निर्माण गर्न सुझाव दिएको छ । कर्णाली चिसापानी बहुउद्देश्यीय जलविद्युत् परियोजना, पूर्व–पश्चिम उच्च गतिको रेलमार्ग निर्माण गर्ने, बच्चादेखि वृद्धवृद्धासम्मलाई सामाजिक सुरक्षा दिनेगरी सबै स्थानीय तहमा नीतिगत तथा संरचनागत आधार तत्काल तयार पार्न पनि सरकारलाई सुझाव दिएको उपाध्यक्ष गौतमले जानकारी दिए ।

कार्यदलले ठूला योजना निर्माणसँगै देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाएर गरिबी हटाउनेतर्फ सरकारको प्राथमिकता हुनुपर्ने पनि सुझाव दिएको छ । वाम गठबन्धनको चुनावी घोषणापत्रमा उल्लेख भएअनुसार ओली नेतृत्वको सरकारले कम्तिमा दुई वर्षमा नेपाललाई खाद्यान्नमा आत्मनिर्भर तथा तीन वर्षमा निर्यात गर्न सक्षम बनाउने कामको सुरुआत गर्ने भएको छ ।

कार्यदलले संविधान र वाम गठबन्धनले तयार पारेको घोषणापत्रमा आधारित भएर सरकारको विकास तथा सुशासनसम्बन्धी प्राथमिकता तय गरेको भन्दै प्रधानमन्त्री ओलीले कार्यदलप्रति खुसी व्यक्त गरेका थिए । वाम गठबन्धनले ७ माघमा सरकारको विकास र सुशासनसम्बन्धी प्राथमिकता निर्धारण गर्ने कार्यादेशसहित गौतम नेतृत्वको कार्य दल गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...