सकियो ओली प्रचण्डबीचको ‘वान टू वान’ वार्ता, भएन ठोस सहमती



हाम्रो इकोनोमि

पार्टी एकताबारे छलफल गर्न एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको ‘वान टू वान’ वार्ता सकिएको छ ।

भक्तपुरको सानोठिमीस्थित व्यवसायी दुर्गा प्रसाईंको घरमा भएको ओली र दाहालबीचको ५ घण्टा लामो छलफलले पार्टी एकताको लागि अझै गृहकार्य नपुगेको भन्दै थप छलफल गर्ने निर्णय गरेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

“बैठकमा पार्टी एकता र मन्त्रीपरिषद्का बारेमा छलफल भएको थियो । पार्टी एकताको लागि बीचबीचमा दुई अध्यक्षबीच बसेर टुङ्गयाउने सहमति भएको छ । दुई पार्टीका अध्यक्षले पार्टी एकताको काम सकेपछि मात्र एकता संयोजन समितिको बैठक बस्छ,” अधिकारीले भने ।

पार्टी एकताको सम्बन्धमा ओली र दाहालबीच थप छलफल आवश्यक भएको भन्दै आज बस्ने भनिएको पार्टी एकता संयोजन समितिको बैठक स्थगित भएको पनि अधिकारीले जानकारी दिए । “आज एकता संयोजन समितिको बैठक बस्ने भनिएको थियो । तर, उहाँबीचहरुको छलफल नै बाँकी रहेको देखियो, त्यसैले बैठक नबस्ने निर्णय गरेको छ,”अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...