सकियो ओली प्रचण्डबीचको ‘वान टू वान’ वार्ता, भएन ठोस सहमती



हाम्रो इकोनोमि

पार्टी एकताबारे छलफल गर्न एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको ‘वान टू वान’ वार्ता सकिएको छ ।

भक्तपुरको सानोठिमीस्थित व्यवसायी दुर्गा प्रसाईंको घरमा भएको ओली र दाहालबीचको ५ घण्टा लामो छलफलले पार्टी एकताको लागि अझै गृहकार्य नपुगेको भन्दै थप छलफल गर्ने निर्णय गरेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

“बैठकमा पार्टी एकता र मन्त्रीपरिषद्का बारेमा छलफल भएको थियो । पार्टी एकताको लागि बीचबीचमा दुई अध्यक्षबीच बसेर टुङ्गयाउने सहमति भएको छ । दुई पार्टीका अध्यक्षले पार्टी एकताको काम सकेपछि मात्र एकता संयोजन समितिको बैठक बस्छ,” अधिकारीले भने ।

पार्टी एकताको सम्बन्धमा ओली र दाहालबीच थप छलफल आवश्यक भएको भन्दै आज बस्ने भनिएको पार्टी एकता संयोजन समितिको बैठक स्थगित भएको पनि अधिकारीले जानकारी दिए । “आज एकता संयोजन समितिको बैठक बस्ने भनिएको थियो । तर, उहाँबीचहरुको छलफल नै बाँकी रहेको देखियो, त्यसैले बैठक नबस्ने निर्णय गरेको छ,”अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...