सुनप्रकरणमा तानिए दीपक मल्होत्रा पनि, विमल पोद्दारको सम्पत्ति छानबिन हुँदै, प्रहरीले नियन्त्रणमा लिने तयारी
३३ किलो सुन छानबिन गर्न गठित गृहमन्त्रालयका सहसचिव इश्वर पौडेल नेतृत्वको समितिले भारतीय नागरिक विमल पोद्दारलाई पक्राउ गरेको छ । भारतबाट बर्मा गई बर्माबाट नेपाल प्रवेश गरेका बर्मेली भारतीय नागरिक विमल पोद्दारले नेपाली नागरिकतासमेत लिएको हुनसक्ने भन्दै गठित छानबिन आयोगलाई