राम्रो काम सुरु गर्नासाथ सरकार भत्काइहाल्छन् : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक कार्यकाल पूरा गर्नको लागि चार पटक प्रधानमन्त्री बन्नुपरेको बताएका छन् । चुनावी अभियानका क्रममा घरदैलोमा रहेका ओलीले मतदातासँगको संवादमा आफ्नो राम्रो काम थालेपछि सरकार ढालिएको जिकिर गरे ।

उनले भने, विकास गर्नको लागि ठ्याक्क उभिएर हुँदैन । पाइला अगाडि सार्नुपर्छ । मैले रेल फेरि सुरु किन गर्न खोजेँ ? किन पानीजहाजको बाटोबाट सम्बन्ध जोड्ने भनेँ  ? त्यसका निम्ति काम हुँदै थियो तर त्यो मैले सुरु गर्छु, फेरि सरकार भत्काउँछन् । फेरि सुरु गर्छु, फेरि भत्काउँछन् । एक कार्यकाल पूरा गर्न चार पल्ट प्रधानमन्त्री हुनुपर्‍यो ।

उनले विरोधीहरूले देशभक्ति र राम्रो काम गरेको नसहेको तर्क गरे । उनले थपे, अलिकति काम गरेपछि सहनै सक्दैनन्, भत्काइहाल्छन् । देशभक्तिको काम गर्नै दिँदैनन् । देशको हितमा, देश विकास गर्ने काम गर्नै दिँदैनन् । यहाँ औद्योगिक क्षेत्र बनाउन नदिने भनेर देशभित्र देश बाहिरका अनेक शक्तिहरू लागेका छन् । उनले आफूले विभिन्न शास्त्रका, इतिहासका कुरा गर्दा उखान टुक्का भनेको भन्दै उडाइने गरेको बताए ।

उनले भने, हामीले काम गर्न छोड्नु हुँदैन । सभागृह आवश्यक हुँदैन ? संसारभरि सबै शहरमा, सबै नगरमा सभागृह हुन्छन् । सामुदायिक भवनहरू हुन्छन्, रङ्गशालाहरू हुन्छन् । रङ्गशाला पनि चाहिँदैन भन्ने, भ्यु टावर भन्छन् । यो वास्तवमा भ्यु टावर होइन, यो एउटा बिजनेस कम्प्लेक्स हो । यसमा आइटी आदि इत्यादिको नयाँ खालको इन्भेस्टमेन्ट हो । आइटी इन्डस्ट्री, आइटी हबको रूपमा यसलाई विकास गर्ने सोचका साथ अगाडि बढाएको हो ।

प्रतिक्रिया दिनुहोस
चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...