थाइल्यान्डको गुफामा फसेका १२ बालकको ९ दिनपछि जीवितै उद्धार



हाम्रो इकोनोमि

थाइल्यान्डको एक गुफामा फसेका १३ जनाको ९ दिनपछि जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकामा १२ बालक र तिनका फुटबल प्रशिक्षक रहेका छन् ।

चियांग राईको थाम लुएङ गुफामा फसेका उनीहरुको ब्रिटिस केभ रेस्क्यू काउन्सिलबाट खटिएका उद्धारकर्ताहरुको प्रयासमा ९ दिनपछि जीवितै उद्धार गरिएको हो । फसेका बालकहरु ११–१६ वर्ष उमेरका रहेको र तिनका प्रशिक्षक २५ वर्षको रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

इन्डिपेन्डेन्टका अनुसार, २३ जुनमा उनीहरु पानी बग्ने गुफामा फसेका थिए ।
देशभित्रैबाट खोज्ने प्रयास असफल भएपछि बेलायतबाट उद्धारकर्ता झिकाइएको थियो । अनुभवी उद्धारकर्ताहरुको प्रयत्नमा हराइरहेका उनीहरुको जीवितै उद्धार भएपछि बालक र प्रशिक्षकका परिवारमा खुसी फर्किएको छ ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...