सुनसरीमा जीप दुर्घटना ६ को मृत्यु, ३ घाइते



हाम्रो इकोनोमि

सुनसरीको कोशी कटानमा भारतीय सवारी साधन दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । अन्य तीन जना घाइते भएका छन् । इनरुवाबाट पश्चिमतर्फ जाँदै गरेको बीआर ०६ टीबी ६४१८ नं। को भारतीय बोलेरो जीप महेन्द्र राजमार्गबाट पल्टेर कोशी कटानको दहमा डुबेको हो ।

 

दुर्घटनामा भारतको सुपौल जिल्लास्थित लक्ष्मनीयाका ६ जनाको ज्यान गएको छ भने घाइते तीनमध्ये अन्य दुईको अवस्था गम्भीर छ् । मृत्यु हुनेमा ७ वर्षका गोनुकुमार र ४० वर्षका सञ्जीव कुमारको नाम खुलेको छ । अरुको पह्चिान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी राजन अधिकारीले जानकारी दिए।

 

दुर्घटनालगतै नजिकै रहेको प्रहरी चेकपोइन्टका प्रहरी टोलीले उनीहरुको उद्धार गरेर अस्पताल पु¥याएको थियो । तीन जनाको जिल्ला अस्पताल इनरुवामा र तीन जनाको विराटनगरस्थित सञ्जीवनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
मिडिया हाउसको गेटमा बेवारिसे गाडी आतंक, कारबाही गर्न माग

    काठमाडौंका विभिन्न मिडिया हाउसको गेटमा बेवारिसे कारको शंकास्पद पार्किङ गरी आतंक...

सस्तो लोकप्रियतावादबाट देश बदलिदैँन : महासचिव पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको वर्तमान संकटको समाधान सस्तो लोकप्रियतावाद...

वाणिज्य बैंकहरुको नाफा ६४ अर्ब, सबैभन्दा बढी नबिल बैंकले ८ अर्ब ४९ करोड कमायो

     वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष...

इरानले युएई र कतारमा हान्यो ड्रोन र मिसाइल

    इरानले युएई र कतारमा हवाई आक्रमण गरेको छ । इरानी मिसाइल...