वर्षाका कारण कैलालीको भजनीका २ सय घर डुबानमा



हाम्रो इकोनोमि

कैलालीको भजनी नगरपालिका–५, लौबस्थाका करिब २०० परिवार डुबानमा परेका छन् । कान्द्रा नदीमा आएको बाढीका कारण उनीहरु डुबानमा परेका छन् ।

भजनी नगरपालिकाकी उपमेयर छाया देवकोटाले लौबस्थाका २ सय परिवार डुबानमा परेको र उनीहरु सोमबारदेखि नै स्कुल र सुरक्षीत भवनमा आश्रय लिएर बसिरहेको जानकारी दिइन् । बाढी अझै बढ्न सक्ने खतरा रहेकाले स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको उनले बताइन् ।

स्थानीय बाढीको चपेटामा परेपछि उद्धार समिति खाद्यान्न तथा उद्धार सामग्री लिएर बाढीप्रभावित क्षेत्रमा पुगेको रेडक्रस कैलालीका सभापति उत्तम जोशीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...