गगनको यस्तो एक बोलीले माफियाको गयो सातो,यी हुन् ओली र प्रचण्डको खुट्टा समाएर रुँदै मुख पार्ने रातो



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन थापाकाे सम्बाेधनले मेडिकल माफियाहरूमा खैलाबैला भएकाे छ। थापा बाेलेकाे २ घण्टा नवित्दै उनीहरूले अाफ्नाे बचाउ गर्न तछाड मछाड नै गरे। यी मध्येका एक हुन् बि.एन.सी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईँ । जसकाे घरमा भात खाएर केपी अाेली र प्रचण्डले एकताकाे कुरा अघि बढाएका थिए।

अाइतबारकाे संसद बैठकमा बाेल्दै नेता थापाले कम्युनिष्ट परिभाषाअनुसारको दलाल पुँजीपतिको कलेज जसरी पनि खुलोस् भन्ने उद्देश्य साथ चिकित्सा शिक्षा विधेयक ल्याइएको टिप्पणी गरेका थिए।

सरकारले मेडिकल शिक्षाको हितभन्दा पनि राजनीतिक स्वार्थ भएका मानिसहरुलाई मेडिकल खोल्न अनुमति दिने प्रयोजनसहित विधयेक ल्याएको दाबी गर्दै थापाले भनेका थिए- ‘चरेसको थालमा मार्सी धानको भात खुवाउने, कम्युनिष्ट परिभाषा अनुसारको दलाल पूँजिपतिको मेडिकल कलेज जसरी भए पनि खुलोस् भन्ने उद्देश्यको साथ सदनका चिकित्सा शिक्षा विधेयक ल्याइएको छ। प्रधानमन्त्रीको यो समाजवादलाई नेपालमा हार्दिक स्वागत छ।’

उनले मेडिकल नभएका स्थानमा सरकारले मेडिकल कलेज खोलोस्, जनताका छोराछोरीले निःशुल्क मेडिकल शिक्षा लिन पाउन् र गाउँगाउँमा स्वास्थ्य सेवा पुगोस् भनेर माग राख्ने डा गोविन्द केसीलाई शान्तिपूर्ण प्रदर्शन गर्न नदिएकोमा पनि आपत्ति जनाएका थिए।

यसकाे जवाफमा मेडिकल व्यापारी प्रसार्इले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई आफूले दाल, भात मात्र खुवाएको बताए। आइतबारै रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘उहाँहरुले मेरो घरमा साधारण दाल, भात खाँदापनि खै के कसौंडीको भाँडोमा खै चामलको भात ख्वायो भनेर मलाई माफिया भनेछन् ।’

आफूले नेपाललाई समृद्ध बनाउने उद्देश्यले दुईवटा कम्युनिष्ट मिल्नुपर्छ भनेर नै दुवै पार्टीका अध्यक्षहरुसँग आग्रह गरेको र त्यसको लागि पहलपनि लिएको सुनाउँदै प्रसाईले भने, ‘हिजो मुलुकमा गणतन्त्र ल्याउनको लागि लड्ने म पनि हुँ।’

उनले डा. गोविन्द केसीका मागहरु पूरा गर्नुपर्ने कुनै कारण नभएको तर्क गरे । उनले भने,‘दुई तिहाई सरकारले एउटा गोविन्द केसीको खुट्टामा ढोग्नुपर्ने ? गोविन्द केसी को हो र ? आफूले भनेको हुनुपर्छ भन्ने गोविन्द केसीको नाममा अरुले फाईदा लिँदैछन्, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा किन लगियो ? माईतीघरमा कागजका टोपी लगाएर आन्दालेन गर्नेहरुले हाम्रो पीडा बुझेका छन् ?’

पूर्व स्वास्थ्यमन्त्री गगन कुमार थापा विरुद्ध कडा रुपमा प्रस्तुत भएका प्रसाईले भने,‘होला, गगन थापाले बोल्न जानेका होलान्, उनले मलाई भनिरहेका छन् अरे नेताहरुलाई भात खुवाएर मेडिकल माफिया उम्किँदैछ, मैले चोरेको सम्पतिबाट मेडिकल कलेज खोलेको होईन, राज्यलाई कर तिरेको छु, ७ सय भन्दा बढिलाई रोजगार दिएको छु, नेपाल मेडिसिटि अस्पताल हाम्रो प्रतिष्पर्धामा आएको छ, नभए नेपालमा हाम्रोजति सुविधा सम्पन्न अर्को निजि मेडिकल कलेज छैन् हामीलाई समेत किन माफिया भनिदैछ ?’

प्रतिक्रिया दिनुहोस
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...

सरकारले फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

    यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक यातायातको भाडा...

आज ४ बजे देखि भोलि बिहान ६ बजे सम्म तीव्र गतिको हावाहुरी चल्ने

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज हावाहुरी सुरु...