श्रीमतीलाई चिठी लेख्दै सन्तबहादुरले भने- ‘माफ भए घर फर्कौंला, नभए हाँसीहाँसी फाँसी चढौंला’
१९ वर्षदेखि साउदीको जेलमा फाँसी कुरिरहेका सन्तबहादुर श्रीमतीलाई पठाएको चिठीमा लेख्छन म यहाँ अल्लाहलाई प्रार्थना गर्छु । तिमी त्यहाँ पशुपतिनाथसँग प्रार्थना गर ’ सन्तबहादुर पुनलाई विश्वास छ, ‘मान्छेको भाग्य मात्रै होइन आयु पनि पहिल्यै लेखिएको हुन्छ । पहिल्यै लेखिएको हुन्थेन र