दुवै हातका औंलाहरु होईन हत्केला नै नभएकी १६ वर्षीया सविता एसईई दिँदै



हाम्रो इकोनोमि

 

यस वर्ष एसईई दिइरहेका देशभरका कूल ४ लाख ७५ हजार ३ परीक्षार्थीमध्येकी एक हुन् सविता थापा ।

तर, उनी अरुजस्तै सामान्य अवस्थाकी परीक्षार्थी भने होइनन् । १६ वर्षीया सविताका दुवै हात ‘अधुरा’ छन् ।

अरुको जस्तो कलम च्याप्ने औंलाहरु छैनन् । दुवै हात कुहिनोभन्दा तल काटिएका छन् ।

उनी दुवै हातलाई आपसमा जोडी कलम च्यापेर लेख्ने गर्छिन् । यसरी नै लेखेर एसईईसम्म आएकी हुन् ।त्यसो त ४ वर्षअघिसम्म सविता सामान्य थिइन् ।

त्यतिबेला उनका दुवै हात र औँलाहरु सकुशल थिए । डाक्टर बन्ने सपना पालेकी थिइन् । तर, सात कक्षामा पढ्दै गर्दा उनले आधा हात र औँलाहरु गुमाइन् । स्कुल ड्रेस सुकाउने बेला सवितालाई करेन्ट लागेको थियो ।

दुवै हातको आधा भागसँगै उनका जीवनका सबै सपनाहरु त्यही करेन्टले खोस्यो । तर, खगेन्द्र नवजीवन विद्यालयले सविताको सपनाहरु विस्तारै फर्काउन थाल्यो ।

त्यसैको परिणाम उनी काठमाडौंको चामुण्डा माध्यामिक विद्यालयमा एसईई दिँदैछिन् । एसईईपछि साइन्स पढ्ने चाहना छ उनको । त्यसैले एसईईको लागि खुब मेहनत गरेकी छिन् ।

शनिबार दिउँसो काँडाघारीस्थित उनको डेरा पुग्दा खटियामाथि घुँडा टेकेर लेख्नमा तल्लिन थिइन् सविता । बाबु(आमा फलफूल पसलमा गइसकेका थिए ।

घरदेखि केही पर ‘सरिता फलफूल’ पसल छ, दिनभर त्यही ब्यस्त हुन्छन्, उनका बाबुआमा । त्यसैले, सविता सरासर भान्सामा पुगिन् र चिया बनाउन थालिन् ।

तीनै हातले पानी खन्याइन्, अदुवा कुटिन्, चियापत्ति(चिनी राखिन् र चिया तयार पारेर स्वागत गरिन् ।

सविताले चिया मात्र तयार पार्ने होइन, आफैं नुहाउँछिन्, मोबाइल, कम्प्युटर चलाउँछिन् । आज एसईईको दिन । सविता विहान चार बजे नै उठिन् । आफैं पानी तताएर पिइन् । अनि नास्ता खाएर परीक्षाको तयारी गरिन् ।

हजुरआमाले रातो टीका लगाइदिएर आशिर्वाद दिइन् । सविताले फूलको गमलामा पानी हालिन् र प्रवेशपत्र समाएर बाबाको मोटरसाइकलको पछाडि बसिन् । बाबा भीम थापा भन्छन्, ‘छोरीलाई यो अवस्थामा ल्याएका लागि २८ लाखभन्दा बढी खर्च गरेको छु ।

’यसपटक भने सविताको हात सुन्निएको छ । त्यसैले एसईईमा लेख्नका लागि उज्ज्वल चालिसेको सहयोग लिएकी छन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...