स्ववियु निर्वाचन माग गर्दा क्याम्पस पदाधिकारीको निर्देशनमा विद्यार्थी नेतालाई गोली हान्ने धम्की



हाम्रो इकोनोमि

 

नुवाकोट अादर्श बहुमुखी क्याम्पसका अनेरास्ववियु इकाइ कमिटीका अध्यक्ष विष्णुहरि रिमाल सत्यलाई क्याम्पस पदाधिकारीको निर्देशनमा गोली हानेर मार्ने

धम्की अाएको भन्दै जिल्ला प्रशासन कार्यालय नुवकोटमा निवेदन परेको छ । स्ववियु निर्वाचन माग गर्दा क्याम्पस पदाधिकारीको निर्देशनमा विद्यार्थी नेतालाई गोली हान्ने धम्की अाएको बुझिएको छ ।

नेपाली कांग्रेसको निर्देशनमा चैत १० गते हुने स्ववियु निर्वाचन स्थगित भएपछि नुवाकोट अादर्श बहुमुखी क्याम्पसमा तनाव भएको छ ।

कांग्रेस नेताको निर्देशनपछि क्याम्पस सञ्चालक समितिका अध्यक्ष र क्यम्पस प्रमुखले बारम्बार तनाव र दबाब दिएपछि निर्वाचन प्रमुख ठाकुर पुडासैनीले राजिनामा दिएपछि स्ववियु निर्वाचन अनिश्चित बनेको छ ।

निर्वाचनमात्र अनिश्चित बनेन निर्वाचनको माग गर्ने अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीका नेताहरूलाई छानीछानी भाैतिक अाक्रमणको चेतावनी दिइरहेको बुझिएको छ ।

निर्वाचन हुनु र नहुनु एउटा पाटो हो तर क्याम्पसका पदाधिकारीले नै कसैलाई प्रयोग गरेर अाफ्नै विद्यार्थीहरू माथि गोली हान्ने धम्की दिनु कत्तिको जायज हो ?

जिल्ला प्रशासन कार्यालयमा पीडितले दिएको निवेदन ।

यसैबीच प्रशासनले भने फोन गरेर धम्की दिने व्यक्तिलाई छानविन गरेर कारबाही गर्नु साटो उल्लो संरक्षणको काम गरिरहेको पीडित विद्यार्थी नेताहरूले बताएका छन । शैक्षिक संस्थानै बन्दको घोषणा गरेर सम्पर्कबिहीन भएका क्याम्पस प्रमुखले भने सोमबारबाट क्याम्पस खुलेको सूचना जारी गरेका छन ।

स्ववियु निर्वाचन रोकिएपछि अाक्रोशित विद्यार्थीले क्याम्पसको मुलगेटमा टाँगेको व्यानर ।
अाजदेखि क्याम्पस सुचारू गर्नेबारे क्याम्पस प्रमुखले जारी गरेको सूचना ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर...

त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...

बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...