स्ववियु निर्वाचन माग गर्दा क्याम्पस पदाधिकारीको निर्देशनमा विद्यार्थी नेतालाई गोली हान्ने धम्की



हाम्रो इकोनोमि

 

नुवाकोट अादर्श बहुमुखी क्याम्पसका अनेरास्ववियु इकाइ कमिटीका अध्यक्ष विष्णुहरि रिमाल सत्यलाई क्याम्पस पदाधिकारीको निर्देशनमा गोली हानेर मार्ने

धम्की अाएको भन्दै जिल्ला प्रशासन कार्यालय नुवकोटमा निवेदन परेको छ । स्ववियु निर्वाचन माग गर्दा क्याम्पस पदाधिकारीको निर्देशनमा विद्यार्थी नेतालाई गोली हान्ने धम्की अाएको बुझिएको छ ।

नेपाली कांग्रेसको निर्देशनमा चैत १० गते हुने स्ववियु निर्वाचन स्थगित भएपछि नुवाकोट अादर्श बहुमुखी क्याम्पसमा तनाव भएको छ ।

कांग्रेस नेताको निर्देशनपछि क्याम्पस सञ्चालक समितिका अध्यक्ष र क्यम्पस प्रमुखले बारम्बार तनाव र दबाब दिएपछि निर्वाचन प्रमुख ठाकुर पुडासैनीले राजिनामा दिएपछि स्ववियु निर्वाचन अनिश्चित बनेको छ ।

निर्वाचनमात्र अनिश्चित बनेन निर्वाचनको माग गर्ने अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीका नेताहरूलाई छानीछानी भाैतिक अाक्रमणको चेतावनी दिइरहेको बुझिएको छ ।

निर्वाचन हुनु र नहुनु एउटा पाटो हो तर क्याम्पसका पदाधिकारीले नै कसैलाई प्रयोग गरेर अाफ्नै विद्यार्थीहरू माथि गोली हान्ने धम्की दिनु कत्तिको जायज हो ?

जिल्ला प्रशासन कार्यालयमा पीडितले दिएको निवेदन ।

यसैबीच प्रशासनले भने फोन गरेर धम्की दिने व्यक्तिलाई छानविन गरेर कारबाही गर्नु साटो उल्लो संरक्षणको काम गरिरहेको पीडित विद्यार्थी नेताहरूले बताएका छन । शैक्षिक संस्थानै बन्दको घोषणा गरेर सम्पर्कबिहीन भएका क्याम्पस प्रमुखले भने सोमबारबाट क्याम्पस खुलेको सूचना जारी गरेका छन ।

स्ववियु निर्वाचन रोकिएपछि अाक्रोशित विद्यार्थीले क्याम्पसको मुलगेटमा टाँगेको व्यानर ।
अाजदेखि क्याम्पस सुचारू गर्नेबारे क्याम्पस प्रमुखले जारी गरेको सूचना ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...