आज राति १० : ५२ बजेपछि अचम्मको चन्द्रग्रहण
शुक्रबार राति चार घन्टा बढी चन्द्रग्रहण लाग्ने भएको छ। राति दस बजेर ५२ मिनेटमा सुरू हुने चन्द्रग्रहण १२ बजेर ५५ मिनेटमा मध्य हुनेछ भने राति २ बजेर ५६ मिनेटमा सकिने छ। यो ग्रहण सन् २०२० को पहिलो चन्द्रग्रहण हुनेछ।