मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा प्रधानमन्त्री ओली, को कहाँ पुग्दैछन



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय सभाको निर्वाचनका लागि मनोनयन दर्ता भइसकेको छ । चुनावअघि अर्थमन्त्री युवराज खतिवडा जिम्मेवारीबाट अलग हुनेछन् ।

चुनावपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री मात्र छान्ने योजना बनाएका छैनन्, मन्त्रिपरिषद् नै पुनर्गठनको तयारी थालेका छन् । अर्थ मन्त्रालयमा पदपूर्ती गर्दा प्रधानमन्त्री ओलीले नयाँ रणनीति अख्तियार गर्नसक्ने अनुमान लगाइएको छ ।

अर्थ मन्त्रालयमा नयाँ अनुहार भन्दा पनि अहिले मन्त्रिपरिषद्मा रहेका सदस्यलाई जिम्मेवारी दिएर केही नयाँ अनुहारलाई अन्य मन्त्रालयमा प्रधानमन्त्रीले नियुक्त गर्न सक्नेछन् ।

खाली हुने अर्थ मन्त्रालयमा उपप्रधानमन्त्रीसहतिको जिम्मेवारीमा नेता ईश्वर पोखरेलको सरुवा हुन सक्ने अनुमान गरिएकोछ । रक्षा मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा बादललाई सरुवा गरी गृहको जिम्मा नयाँ अनुहारलाई दिनसक्ने बताइन्छ । सम्भवतः सुरक्षा मामिला जानकार प्रतिनिधि सभा सदस्य नवराज सिलवाललाई प्रधानमन्त्री ओलीले गृह मन्त्रालयको जिम्मेवारी दिनेछन् ।

बालुवाटार स्रोतका अघिल्लो पटक पुनर्गठनका क्रममा कार्य सम्पादन नराम्रो हुँदा पनि रहेका र आलोचनामा परेका मन्त्री समेत प्रधानमन्त्रीले हटाउन सक्नेछन् । खानेपानी मन्त्री बिना मगरलगायतलाई हटाउन सक्ने बताइएको छ । उक्त मन्त्रालयमा महेश बस्नेतको नाम अगाडि सार्ने तयारीमा प्रधानमन्त्री रहे पनि उक्त मन्त्रालय पूर्वमाओवादी कोटामा रहेका कारण बस्नेतको निश्चितचाहिँ छैन ।

कानुन र सहरी विकास मन्त्रालय भने खाली नै रहनेछन् । उक्त दुई मन्त्रालय सरकारमा दुई तिहाई समर्थन कायम राख्नका लागि राष्ट्रिय जनता पार्टीका लागि सुरक्षित राखिनेछन् ।

‘मन्त्रीका आकांक्षी धेरै छन् । चित्त बुझाउनका लागि भए पनि अवसर नपाएका नेतालाई जिम्मेवारी दिने तयारी भएको छ’, स्रोतले भन्यो ।

खासगरी हालसम्म मन्त्री नभएका अनुहारलाई मौका दिने तयारीमा प्रधानमन्त्री ओली रहेका छन् । खाली रहेका ठाउँमा नयाँ अनुहारले नै मौका पाउन सक्ने सम्भावना अधिकतम् रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...