बालुवाटार जग्गा प्रकरणमा अख्तियारले माधव नेपालसँग बयान लियो



हाम्रो इकोनोमि

 

 

चर्चित ‘ललिता निवास’ जग्गा प्रकरणमा अनियमिततामा संलग्न भन्दै आफ्नै पूर्व प्रमुख दीप बस्न्यातसँग बयान लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक पूर्वप्रधानमन्त्री र उपप्रधानमन्त्रीसँग बयान लिएको खुलासा भएको छ । आन्तरिक हिसाबले बयान लिएपनि सार्वजनिक भने अख्तियारले औपचारिक ढंगले गरेको छैन ।

कतिपय प्राविधिक र दबाबका बीचमा भीआईपीसँग लिईएको बयानको बिषय सार्वजनिक नगरिएको आयोग श्रोतले बताएको छ । यसरी गुपचुप रुपमा बयान लिएपनि सार्वजनिक नगरिएका भीभीआईपी हुन्– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति एवम् पूर्व उपप्रधानमन्त्री बिजय गच्छदार ।

अख्तियारले उनीहरुलाई ललिता जग्गा प्रकरणबारे आवश्यक सोधपुछ गरेको छ । अख्तियार श्रोतका अनुसार पूर्वप्रधानमन्त्री नेपाललाई तत्कालिन सचिवहरु दीप बस्न्यात र छबिराज पन्तले आफूहरुले प्रधानमन्त्रीको निर्देशनमा प्रस्ताव लगेको बताएपछि त्यसै आधारमा तत्कालिन प्रधानमन्त्री रहेको नेपालसँग आयोगबाट ललिता जग्गा प्रकरणमा खटिएको टोलीले बयान लिएको हो । श्रोतले नेपालसँग बयान भन्दा पनि सोधपुछ गरिएको बतायो ।

तत्कालिन सचिवद्वय बस्न्यात र पन्तले अख्तियारमा बयान दिने क्रममा तत्कालिन प्रधानमन्त्री नेपाल र तत्कालिन मुख्यसचिव माधव घिमिरेको ठाडो निर्देशनमा प्रस्ताव लगेको र मन्त्रीपरिषदको निर्णय कार्यान्वयन गरेको बताएको श्रोतले जनाएको छ । उनीहरुले ‘प्रधानमन्त्रीज्युको निर्देशनमा’ भन्ने टिपोटहरु पनि बयानका क्रममा बुझाएको अख्तियार श्रोतले बताएको छ ।

अख्तियार श्रोतका अनुसार तत्कालिन मुख्यसचिव घिमिरे दिवंगत भईसकेको हुँदा उनका विषयमा थाती राख्दै त्यसपछिका मुख्यसचिव लिलामणी पौडेलसहित तत्कालिन भूमिसुधारसचिव दिनेशहरी अधिकारीसँग बयान लिईएको छ । त्यस्तै तत्कालिन मुख्यसचिव पौडेललाई पनि पोलेपछि पौडेलसँग पनि बयान लिईएको हो ।त्यसैगरी तत्कालिन मन्त्रीको हैसियतले अख्तियारले यस बिषयमा गच्छदारसँग पनि बयान लिइसकेको छ । । त्यस्तै तत्कालिन भूमिसुधार मन्त्री डम्बर श्रेष्ठसँग पनि बयान लिईसेको छ ।

अख्तियारले सोधपुछ गर्दा तत्कालिन प्रधानमन्त्री नेपालले प्रधानमन्त्री निवास र त्यसको परिसर विस्तारमा आफूले अग्रसरता लिएको बताउँदै सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न निर्देशन नदिएको बताएको अख्तियार श्रोतले बताएको छ । यद्यपी अख्तियारले आफूसँग साधपुछ गरेको विषयलाई नेपालले अस्वीकार गर्दै आएका छन् ।

ललिता निवास जग्गा प्रकरणमा अख्तियारले आवश्यक अनुसन्धान पूरा गरिसकेको छ । अनुसन्धान सकेर तयार पारिएको प्रतिवेदन अहिले प्रमुख आयुक्त र आयुक्तहरुले अध्ययन गरिरहेका छन् । अब छिट्टै उक्त प्रतिवेदन अख्तियार बोर्डमा पेश भएपछि निर्णग गरी मुद्धा दायर हुनेछ । अख्तियार श्रोतले अब हप्ता दश दिनमा विशेष अदालतमा मुद्दा दायर गर्ने गरी आवश्यक गृहकार्य भईरहेको बतायो ।

अख्तियारका पूर्व प्रमुख आयुक्त एवं तत्कालिन सचिव बस्न्यात,पूर्वमन्त्री एवं तत्कालिन भूमिसुधार सचिव पन्त,पूर्वसचिव अधिकारीसहित डिल्लीबजार मालपोत र नापी कार्यालयका कर्मचारीसहित करीब सयजनामाथि मुद्धा चलाउने तयारी गरिरहेको अख्तियारले तत्कालिन प्रधानमन्त्री नेपाल, उपप्रधानमन्त्री गच्छदार, मन्त्री श्रेष्ठ, मुख्यसचिव पौडेल लगायतका केही व्यक्तिका विषयमा मुद्दा चलाउने संभावना कम रहेको अख्तियार श्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...