आज राति १० : ५२ बजेपछि अचम्मको चन्द्रग्रहण



हाम्रो इकोनोमि

 

शुक्रबार राति  चार घन्टा बढी चन्द्रग्रहण लाग्ने भएको छ। राति दस बजेर ५२ मिनेटमा सुरू हुने चन्द्रग्रहण १२ बजेर ५५ मिनेटमा मध्य हुनेछ भने राति २ बजेर ५६ मिनेटमा सकिने छ। यो ग्रहण सन् २०२० को पहिलो चन्द्रग्रहण हुनेछ।

शुक्रबार लाग्ने चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभई ‘पेनम्ब्रल’ चन्द्रग्रहण रहेको नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।

‘सामान्यतया चन्द्रग्रहण लाग्दा रातो किरण ढाकिँदै जाने गर्छ’ अध्यक्ष भट्टराईले भने, ‘तर यो पेनम्ब्रल चन्द्रग्रहण हो, जुन नांगो आँखाले हेर्दा ग्रहण लागेको ठम्याउन सकिन्न।’

के हो पेनम्ब्रल चन्द्रग्रहण?

सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ। चन्द्रग्रहण भनेको पृथ्वीको छाया चन्द्रमामा पर्नु हो।

यस्तो छाया दुई प्रकारको हुन्छ, सघन र विरल।

यदि चन्द्रमामा पृथ्वीको सघन छाया परेमा खग्रास वा खण्डग्रास चन्द्रग्रहण हुन्छ भने बिरल छाया पर्दा पेनम्ब्रल चन्द्रग्रहण हुन्छ। यो ग्रहण नांगो आँखाले छुट्याउन नसक्ने हुनाले पात्रोमा उल्लेख गरिएको छैन।

पात्रोमा प्रायजसो नांगो आँखाले देख्न सकिने ग्रहण मात्रै उल्लेख गरिएको भट्टराईले बताए।

वैज्ञानिकहरूलाई यो ग्रहण अध्ययनको विषय हुने भएकोले महत्वपूर्ण रहने उनले बताए।

पेनम्ब्रल ग्रहणलाई यसअघि नेपालीकरण गर्न खोजिए पनि चलनचल्तीमा आएको पाइँदैन।

एस्ट्रोनोमिकल सोसाइटीका अनुसार यसअघि पेनम्ब्रललाई ‘विरल छाया नजिक चन्द्रग्रहण’ भन्ने शब्द राखिएको थियो। तर त्यो नाम बुझ्न गाह्रो हुने देखिएपछि सोसाइटीले पेनम्ब्रललाई नै प्राथमिकतामा राखेको हो।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...