मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन



हाम्रो इकोनोमि

 

 

 इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त क्षेत्रका १४ वटा देश छाड्न अपिल गरेको छ ।

यसअघि बग्दादस्थित अमेरिकी दूतावासमा क्षेप्यास्त्र खसेको घटनापछि शनिबार अमेरिकाले आफ्ना नागरिकलाई इराक छाड्न भनेको थियो । अमेरिकी दूतावासले चेतावनी दिँदै नागरिकहरूलाई ‘तत्काल इराक छाड्न’ भनेको छ ।

दूतावासले लेखेको छ, इराकमै बस्ने निर्णय गरिरहेका अमेरिकी नागरिकहरूलाई इरान समर्थित आतंकवादी मिलिसिया समूहहरूबाट उत्पन्न गम्भीर खतरालाई मध्यनजर गर्दै आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरिन्छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार, अमेरिकाले शनिबार ओमानबाट गैर-आकस्मिक सरकारी कर्मचारी र उनीहरूका परिवारका सदस्यहरूलाई बाहिरिन आदेश दिएको जनाएको छ ।

यसैबीच, स्विट्जरल्यान्डले आफ्नो हवाई क्षेत्रबाट अमेरिकी सेनालाई उडान भर्न दिने दुईवटा अनुरोधलाई खारेज गरिदिएको छ । स्विस सरकारले एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो । स्विट्जरल्यान्डले इरान युद्धलाई लिएर यस्तो निर्णय गरेको जनाएको छ ।

स्वीस सरकारले आफ्नो निर्णयको पछाडि देशको ‘तटस्थता कानुन’ लाई उद्धृत गरेको छ । विज्ञप्तिमा भनिएको छ- ‘यो कानुनले द्वन्द्वमा संलग्न पक्षहरूलाई हवाई क्षेत्रको प्रयोगको अनुमति दिनबाट रोक्छ, जसले उक्त द्वन्द्वसँग जोडिएको सैन्य उद्देश्य पूरा गर्दछ ।

यद्यपि, स्वीस सरकारले अन्य तीनवटा उडानलाई भने अनुमति दिएको जनाएको छ । तीमध्ये एउटा उडान मर्मतसम्भारका लागि र दुईवटा उडान ढुवानी सँग सम्बन्धित थिए ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकको आयकर योगदान ३१ अर्ब ९३ करोड

     नबिल बैंकले स्थापना भएदेखि आर्थिक वर्ष २०८२/८३ सम्म सरकारलाई ३१ अर्ब...

आधिकारिक कांग्रेस हामी हौँ : विमलेन्द्र निधी

    नेपाली कांग्रेसका इतर पक्षका नेता विमलेन्द्र निधीले पार्टीको १५औँ महाधिवेशनको तयारी...

स्थानीय चुनाव वैशाखमा, प्रदेशको मंसिरमा गर्ने आयोगको प्रस्ताव

   निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाखमा र प्रदेशको निर्वाचन आगामी मंसिरमा गर्ने...

तोलामा १२ हजार दुई सयले घट्यो सुनको भाउ

    स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला...