बुहारी हिमानी र पूर्वराजा ज्ञानेन्द्र सँगै नेपाल भ्रमणमा, पारस किन गएनन् ?



हाम्रो इकोनोमि

 

 

१५ पुसमा पोखरामा आफ्ना छोराछोरीसँग पूर्वयुवराज पारस शाहले जन्मदिन मनाउँदै गर्दा पत्नी तथा पूर्वयुवराज्ञी हिमानी शाह भने झापा भ्रमणका क्रममा थिइन् । हाल पनि उनी ससुरा तथा पूर्वराजा ज्ञानेन्द्रसँग पूर्वी नेपालको भ्रमणमा छिन् ।

शाही परिवारप्रति चासो रहेका र राजावादीहरूका मनमा एउटा प्रश्न सामान्य बनेको छ– सँधै ज्ञानेन्द्रको अघिपछि किन बुहारी हिमानी प्रायः हुन्छिन् ?

यो प्रश्न स्वभाविक हुनुका अनेक उदाहरण छन् । शाही परिवारका विभिन्न भ्रमणमा पूर्वराजा ज्ञानेन्द्रको साथमा पारसको उपस्थिति अनिवार्य देखिँदैन तर हिमानी अनिवार्य हुन्छिन् ।

प्रत्येक बर्ष हुने देशाटन तथा विदेश भ्रमणमा पनि ज्ञानेन्द्रसँग हिमानी अनिवार्य हुने गरेको देखिन्छ । अघिल्लो बर्ष भएको देश भ्रमण तथा दक्षिण एसीयालगायतका विभिन्न मुलुकका भ्रमणमा हिमानी सँगै थिइन् ।

खासगरी, श्रीलंका, माल्दिभ्स, भारतका भ्रमणमा पनि हिमानीको अनिवार्य सहभागीता रहेको थियो । थाइल्यान्डका कतिपय भ्रमण र गोप्य भेटमा पनि उनको उपस्थिति अनिवार्य रहेको विवरणले पुष्टि गर्छन् ।

‘दरबारको उत्तराधिकारीका रुपमा राजाले युवराज्ञीलाई राखेका कारण हरेक भेटघाट र राजनीतिक, धार्मिक व्यक्तित्वसँगको परिचयका लागि बुहारीलाई अगाडि बढाएको हुनसक्छ’, उच्च स्रोतले भन्यो ।

‘दरबारभित्रको रणनीतिक भ्रमण र तयारीका विषयमा सूचना र यथार्थ बाहिर नआएका कारण विविध कोणबाट व्याख्या हुने नेपालको सामाजिक चरित्र नै हो’, एक राजावादी भन्छन्,‘नेपाललाई हिन्दूत्व र आगामी पुस्तालाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने व्यवाहारिक ज्ञानका लागि पूर्वयुवराज्ञीलाई अगाडि बढाइएको हो ।’

पछिल्लो पटक एलओडी क्लवमा अकास्मात् ज्ञानेन्द्र प्रकट हुँदा शाही परिवारका केही सदस्य थिए । रानी कोमल थिइनन् तर बुहारी हिमानी उनीसँगै क्लवमा पुगेकी थिइन् । जहाँ ‘रातो र चन्द्र सूर्य’ भन्ने बोलको गीतमा ज्ञानेन्द्रसहित हिमानी पनि नाचेकी थिइन् ।

एकथरी राजावादीका अनुसार पूर्वयुवराज पारस शाहले निर्मलनिवासको उत्तराधिकारीको भूमिका देखाउन नसक्नुको विकल्पमा पूर्वराजा ज्ञानेन्द्रले हिमानीलाई अगाडि बढाएका हुन् । त्यसैले पारसलाई निर्मलनिवास प्रवेशमा रोक लगाउँदै जनतामाझ जाँदा पूर्वयुवराज्ञीलाई अगाडि बढाइएको हो ।

हिमानीले खोलेको ट्रष्टमा पूर्वराजा ज्ञानेन्द्र संरक्षक छन् । उक्त ट्रष्टमार्फत दैवीप्रकोप पीडितलगायतलाई हिमानीले सहयोग हस्तान्तरण गर्दै आएकी छन् । गोखरादेखि धादिङसम्म उनले गरेको कामका कारण लोकप्रियता बढीरहेको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...