राष्ट्रपति भण्डारीले ओली र प्रचण्डलाई फकाएपछि तुम्बाहाङफे सभामुख हुने पक्का



हाम्रो इकोनोमि

 

सत्तारुढ दल नेकपाभित्र सभामुख चयनको बिषय निकै पेचिलो बनेको छ । दुई अध्यक्ष र राष्ट्रपति बिद्यादेवी भण्डारीका फरक फरक इन्टेष्ट जोडिएपछि सभामुख चयन पेचिलो बनेको हो । सभामुख चयनमा कुरा नमिलेपछि प्रतिनिधिसभाको बैठक एक महिनादेखि बन्धक बनेको छ ।

संसद बन्धक बनिरहेका बेला उपसभामुख शिवमाया तुम्वाहाङफ्ेले शुक्रवार नेकपाका दुई अध्यक्षसँग भेट गरेकी छिन् । प्रधानमन्त्री निवास बालुवाटारमा उपसभामुख तुम्बाहाङफेले दुई अध्यक्षसँग भेट गरेकी हुन् । संसद सञ्चालका बिषयमा दुई अध्यक्षसँग भेटवार्टा गरेको उनले पुष्टी गरेकी छिन् । संसदको काम कारवाहीका बिषयमा छलफल भएको स्रोतले बताएको छ ।

नेकपाभित्र सभामुख पद पूर्वएमाले पक्षले पाउने कि पूर्वमाओवादीले पाउने भन्ने विषयले सभामुखको चयन हुन सकेको छैन । आइतबार संसद अधिबेशन बोलाइएको छ । त्योभन्दा अघि नै सभामुख चयनको बिषय टुंगो लगाउनु पर्ने बाध्यता नेकपालाई रहेको छ ।

पार्टी एकतापूर्व भएको शक्ति बाँडफाड अनुसार सभामुख पद पूर्वमाओवादी पक्षले पाउनु पर्ने अडानमा दाहाल छन् भने प्रधानमन्त्री ओली सुवास नेम्वाङलाई सभामुख बनाउनुपर्ने पक्षमा उभिएका छन् । राष्ट्रपति बिद्यादेवी भण्डारी उपसभामुख तुम्बाङफे्लाई सभामुख बनाउनु पर्ने पक्षमा छिन् ।

 

 

दुई अध्यक्ष भेटेर फर्केकि तुम्बाहाङफे हसिलो मुद्रामा सिंहदरवार पुगेकी छिन् । सिंहदरवार पुगेलगतै उनले संसद बैठकका बिषयमा छलफल शुरु गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...