राष्ट्रपति भण्डारीले ओली र प्रचण्डलाई फकाएपछि तुम्बाहाङफे सभामुख हुने पक्का



हाम्रो इकोनोमि

 

सत्तारुढ दल नेकपाभित्र सभामुख चयनको बिषय निकै पेचिलो बनेको छ । दुई अध्यक्ष र राष्ट्रपति बिद्यादेवी भण्डारीका फरक फरक इन्टेष्ट जोडिएपछि सभामुख चयन पेचिलो बनेको हो । सभामुख चयनमा कुरा नमिलेपछि प्रतिनिधिसभाको बैठक एक महिनादेखि बन्धक बनेको छ ।

संसद बन्धक बनिरहेका बेला उपसभामुख शिवमाया तुम्वाहाङफ्ेले शुक्रवार नेकपाका दुई अध्यक्षसँग भेट गरेकी छिन् । प्रधानमन्त्री निवास बालुवाटारमा उपसभामुख तुम्बाहाङफेले दुई अध्यक्षसँग भेट गरेकी हुन् । संसद सञ्चालका बिषयमा दुई अध्यक्षसँग भेटवार्टा गरेको उनले पुष्टी गरेकी छिन् । संसदको काम कारवाहीका बिषयमा छलफल भएको स्रोतले बताएको छ ।

नेकपाभित्र सभामुख पद पूर्वएमाले पक्षले पाउने कि पूर्वमाओवादीले पाउने भन्ने विषयले सभामुखको चयन हुन सकेको छैन । आइतबार संसद अधिबेशन बोलाइएको छ । त्योभन्दा अघि नै सभामुख चयनको बिषय टुंगो लगाउनु पर्ने बाध्यता नेकपालाई रहेको छ ।

पार्टी एकतापूर्व भएको शक्ति बाँडफाड अनुसार सभामुख पद पूर्वमाओवादी पक्षले पाउनु पर्ने अडानमा दाहाल छन् भने प्रधानमन्त्री ओली सुवास नेम्वाङलाई सभामुख बनाउनुपर्ने पक्षमा उभिएका छन् । राष्ट्रपति बिद्यादेवी भण्डारी उपसभामुख तुम्बाङफे्लाई सभामुख बनाउनु पर्ने पक्षमा छिन् ।

 

 

दुई अध्यक्ष भेटेर फर्केकि तुम्बाहाङफे हसिलो मुद्रामा सिंहदरवार पुगेकी छिन् । सिंहदरवार पुगेलगतै उनले संसद बैठकका बिषयमा छलफल शुरु गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...