समाचार

देउवा-पौडेल आ-आफ्नै प्यानल बनाउने तयारी

    पार्टीको केन्द्रीय सभापतिमा पुनः उम्मेदवारी दिने तयारी गरिरहनुभएका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको तयारीका लागि छलफल गर्न आफ्नो समूहका नेताहरुको बैठक बोलाउनुभएको छ । आज बिहान आफ्नो निजी निवास बूढानीलकण्ठमा बोलाइएको बैठकमा महाधिवेशनको तयारीका अलावा