प्रचण्डले आफैलाई होच्याइरहेका छन् : सूर्य थापा



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कद आफै घटाइरहेको बताएका छन् ।

भरतपुरमा आज सोमबार प्रेस चौतारी नेपाल, जिल्ला समिति चितवनले गरेको पत्रकार सम्मेलनमा थापाले प्रचण्डको नाम उच्चारण नगरीकनै यस्तो टिप्पणी गरेका हुन् । ‘म उहाँको नाम लिन चाहन्नँ,’ थापाले भने, ‘उहाँ हाम्रो पार्टीको दशौं महाधिवेशनप्रति खुशी हुनुहुन्न, छटपटाहट भइरहेको छ । शुभकामना समेत दिन आउन सक्नुभएन । यसले उहाँको कद अझ घटेको छ ।’

धेरै बेखुश नभइ एमालेको ऐतिहासिक महाधिवेशनमा उपस्थित भएर शुभकामना दिने हिम्मत प्रचण्डले देखाएको भए राजनीतिक रुपमा उनको कद बढ्ने थापाको भनाइ छ । ‘हाम्रो महाधिवेशन घोषणादेखि नै उहाँ बेखुश हुनुभयो, उहाँमा अहिले पनि छटपटाहट भइरहेको हामी पाउँछौं, यसबाट उहाँले आफैलाई होच्याइरहनुभएको छ, यत्तिको नेताले त्यसो नगरेको भए हुन्थ्यो,’ थापाले भने ।

एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट देश नै खुशी बन्दा माओवादी अध्यक्ष प्रचण्डमात्रै बेखुशी रहेको थापाको भनाइ छ । थापाले भने, ‘एमालेको महाधिवेशनले आफू र आफ्नी छोरीको राजनीति समाप्त हुने डर उहाँको मनमा छ, तर हाम्रो उद्देश्य त्यस्तो छैन । किनभने उहाँ यसअघि पनि हाम्रै मतले जितेर अहिले जनप्रतिनिधि बन्नु भएको छ ।’

एउटा उचाइमा पुगिसकेको नेताले कुण्ठा र इर्ष्या पालेर अरुप्रति नकारात्मक दृष्टिकोण बनाउनु आफूले आफैंलाई होच्याउनु र कद घटाउनु भएको थापाको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...