पार्टी प्रवेश र नयाँ सदस्यका लागि आक्रामक योजना बनाउँदै एमाले



हाम्रो इकोनोमि

 

 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नयाँ पार्टी सदस्य बनाउन देशभर अभियान नै सञ्चालन गर्ने भएको छ । एमालेले मंसीर २५ र २६ गते बस्ने केन्द्रीय कमिटीको दोस्रो बैठकबाट पार्टी प्रवेशको विस्तृत कार्ययोजना बनाउने गृकार्य अघि बढाएको हो । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकबाट स्पष्ट योजनासहित अभियान अघि बढने छ ।

तामाङले दिनुभएको जानकारीअनुसार २०७८ मंसीर २५ र २६ गते बस्ने दोस्रो केन्द्रीय कमिटी बैठकले हालको १९ सदस्यीय पदाधिकारीमा २६ जना थप्दै ४५ सदस्यीय स्थायी कमिटी गठन गर्नेछ । त्यस्तै स्थायी कमिटीमा केन्द्रीय सदस्यहरूमध्येबाट ५४ जना थपेर ९९ सदस्यीय पोलिटव्युरो गठन गर्नेछ।

पार्टी विधानअनुसार केन्द्रीय कमिटीले १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन गर्ने प्रावधान भए पनि दोस्रो बैठकमा उक्त एजेण्डाले प्रवेश पाउने सम्भावना नरहेको नेता तामाङले बताउनुभयो । ‘मंसीर २५ र २६ गते बस्ने बैठकमा स्थायी कमिटी र पोलिटब्युरोको एजेण्डाले प्रवेश पाउँछ । तर, केन्द्रीय सदस्य मनोनयनको एजेण्डाले भने केही समयपछि मात्रै प्रवेश पाउँछ’, तामाङले भन्नुभयो, ‘स्थायी र पोलिटब्युरोको गठनपछि मात्रै पार्टी प्रवेश र नयाँ पार्टी सदस्य बनाउने अभियान चलाउने प्रस्ताव अघि बढ्छ ।’

उहाँले एमालेको अर्जुनदृष्टि निर्वाचन केन्द्रित गतिविधिमा हुने भन्दै पार्टीको लक्ष्य र योजना आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउनेतर्फ केन्द्रित भएको बताउनुभयो । दशौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित भए लगत्तै केपी शर्मा ओलीले नवनिर्वाचित एमाले केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई तीन महिने ‘पार्टी प्रवेश अभियान’ चलाउने र त्यसतर्फ लाग्न निर्देशन दिनुभएको थियो ।

कार्यालय सचिव तामाङले एमालेले अबको तीन महीनामा हाल रहेका पार्टी सदस्यको तुलनामा दोब्बर सङ्ख्या वृद्धि गर्ने गरी कार्यक्रम बनाउने तयारी भइरहेको बताउनुभयो । ‘दशौं महाधिवेशनले पार्टी एकताबद्ध छ भन्ने सन्देश दिँदै नयाँ नेतृत्व चयन गरेको छ, त्यसैले अब एमालेले नयाँ पार्टी सदस्य बनाउने र नवीकरण बाँकी रहेकाहरूको नवीकरण गर्ने काम गर्छ’, तामाङले भन्नुभयो, ‘हाम्रो मिशन भनेको आगामी हुने स्थानीय निर्वाचन अघि कम्तीमा १५ लाख पार्टी सदस्य बनाउने हो ।’

पार्टीको अभियान बुझेर नै अनेरास्वबियुले सदस्यता बितरण अभियान सुरु गरिसकेको छ । महासचिव शंकर पोखरेलले सोमवार नै काठमाडौंबाट अनेरास्वबियुको सो अभियान सुभारम्भ गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...