देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने भएका छन् । विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमितिको बैठकले समायोजनको निर्णय गरेपछि नेताहरू सानेपा जान तयार भएका हुन् । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनबाट बाहिर रहेकाहरूलाई पनि समायोजन हुन आह्वान गरिसकेको छ । आह्वानपछि देउवानिकटका नेताहरू बैठकमा जान लागेका हुन् । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कानिकटका नेता पनि सानेपा जाने तयारीमा छन् ।

कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो सानेपामा बस्दै छ । कांग्रेसको भोलिबाट १५ औँ महाधिवेशन प्रक्रिया सुरू हुँदैछ । खड्का निकट नेताहरू सानेपा गएपनि खड्का भने आफैँले सर्वोच्चमा दायर गरेको रिट विचाराधीन  भएकाले नजाने भएका छन् । आज आफूहरू सानेपा बैठकमा जानेबारे छलफल भइरहेको नेता रामहरि खतिवडाले बताए ।

उनले  भने  पार्टीमा समायोजन भनेपछि हामी जान तयार भएका हौँ । रुख र चार तारे झन्डा जहाँ हुन्छ, हामी त्यही हुन्छौँ । महाधिवेशन प्रक्रियामा पनि भाग लिन्छौँ । खतिवडासहित डिना उपाध्याय, श्याम घिमिरे, सुरेन्द्र पाण्डे, मीनबहादुर विश्वकर्मा, नैनसिंह महर, जीवनबहादुर शाही, गोविन्द भट्टराईलगायत छन् । यसअघि यो समूहले सामूहिक रूपमा पार्टी एकताको अपिल गरेको थियो । आज विशेष महाधिवेशनबाट बाहिर रहेका ४० भन्दा बढी केन्द्रीय सानेपा जाने दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...