देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने भएका छन् । विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमितिको बैठकले समायोजनको निर्णय गरेपछि नेताहरू सानेपा जान तयार भएका हुन् । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनबाट बाहिर रहेकाहरूलाई पनि समायोजन हुन आह्वान गरिसकेको छ । आह्वानपछि देउवानिकटका नेताहरू बैठकमा जान लागेका हुन् । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कानिकटका नेता पनि सानेपा जाने तयारीमा छन् ।

कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो सानेपामा बस्दै छ । कांग्रेसको भोलिबाट १५ औँ महाधिवेशन प्रक्रिया सुरू हुँदैछ । खड्का निकट नेताहरू सानेपा गएपनि खड्का भने आफैँले सर्वोच्चमा दायर गरेको रिट विचाराधीन  भएकाले नजाने भएका छन् । आज आफूहरू सानेपा बैठकमा जानेबारे छलफल भइरहेको नेता रामहरि खतिवडाले बताए ।

उनले  भने  पार्टीमा समायोजन भनेपछि हामी जान तयार भएका हौँ । रुख र चार तारे झन्डा जहाँ हुन्छ, हामी त्यही हुन्छौँ । महाधिवेशन प्रक्रियामा पनि भाग लिन्छौँ । खतिवडासहित डिना उपाध्याय, श्याम घिमिरे, सुरेन्द्र पाण्डे, मीनबहादुर विश्वकर्मा, नैनसिंह महर, जीवनबहादुर शाही, गोविन्द भट्टराईलगायत छन् । यसअघि यो समूहले सामूहिक रूपमा पार्टी एकताको अपिल गरेको थियो । आज विशेष महाधिवेशनबाट बाहिर रहेका ४० भन्दा बढी केन्द्रीय सानेपा जाने दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...