कांग्रेस शक्ति प्रदर्शनबाट पछि हट्यो : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सचिव योगेश भट्टराईले हालै सम्पन्न नेकपा एमालेको १०औं महाधिवेशनमाझैं जनता नआउने देखेपछि नेपाली कांग्रेस शक्ति प्रदर्शनबाट पछि हटेको बताएका छन् । हिजो सोमबार नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेले कञ्चनपुरदेखि झापासम्मका मान्छे ल्याएर शक्ति प्रदर्शन गरे पनि काङ्ग्रेसले त्यसो नगर्ने अभिव्यक्ति दिएका थिए । त्यसको भोलिपल्ट आज एमाले सचिव भट्टराईले कांग्रेस जनप्रदर्शनबाट डराएको अभिव्यक्ति दिएका हुन् ।

१०औं महाधिवेशनका लागि ठगन गरिएको प्रचार कमिटीको अन्तिम बैठकलाई सम्बोधन गर्दै सचिव भट्टराईले भने, ‘जनपरिचालनको हिसाबले नेकपा एमालेको १०औं महाधिवेशन ऐतिहासिक रह्यो । एमालेको यो जनपरिचालनको रेकर्ड एमालेले मात्रै तोड्न सक्छ अरु कसैले सक्दैन ।’‘हिजो शेरबहादुर देउवाको स्टेटमेन्ट सुनेको थिएँ, उहाँले जनतालाई दुःख नदिन हामीले जनप्रदर्श गर्दैनौं भन्नुभएको छ,’ नेता भट्टराईले भने, ‘कांग्रेसले जनतालाई दुःख नदिनका निम्ति होइन, जनता आउँदैनन् भन्ने बुझेर, चितवनको भन्दा ठूलो हुँदैन भन्ने बुझेर कांग्रेसले टाउको लुकायो ।’

करिब पाँच हजारको हाराहारीमा रहेका प्रतिनिधिलाई राखेर महाधिवेशन तयारी गरिरहेको कांग्रेसले जनप्रदर्शनबाट जनतालाई दुःख हुन्छ भन्नु युक्तिसँगत नभएको नेता भट्टराईको भनाइ छ ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले महाधिवेशनको सफलताले एमालेलाई नयाँ उचाइमा स्थापित गरेको बताउनुभयो भने अर्का केन्द्रीय सदस्य विष्णु रिजालले महाधिवेशनको प्रचार कार्य व्यवस्थित भएको जनाउनुभयो । प्रचार समितिका सचिव गगन विष्टले महाधिवेशनमा प्रचारका क्षेत्रमा भएका काम र समीक्षासहित प्रतिवेदन तयार गरिएको जानकारी दिनुभयो । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले स्रोत साधनको उपलब्धता बढाएर आगामी दिन प्रचार क्षेत्रको काम थप प्रभावकारी बनाउनुपर्ने सुझाव दिनुभयो । यही मङ्सिर १० देखि १४ गतेसम्म एमालेको महाधिवेशन चितवनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सिध्याउने खलनायक गगन थापा हुन : मोहन बस्नेत

     नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट आएकाे नेतृत्वले पार्टीलाई इतिहासकै...

कांग्रेस इतर समूहको शक्ति प्रदर्शन विराटनगरमा

    नेपाली कांग्रेसको संस्थापन इतर पक्षको भेला विराटनगरमा सुरू भएको छ ।...

असारका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  असार महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको...

एमालेको ‘६ ज’ केन्द्रित मिसन जागरण अभियान

    नेकपा एमालेले केन्द्रीय सदस्यहरुलाई पार्टीको गुमेको साख फर्काउदै आगामी स्थानीय र...