भाँडिएको एमाले सम्हालिएको छ : सूर्य थापा



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका केन्द्रीय सदस्य एवम् १०औं महाधिवेशन प्रचार कमिटीका सह–संयोजक सूर्य थापाले नेकपा एमाले पार्टी धेरै भाँडिएको स्थितिबाट सम्हालिएर लय पक्रिएको बताएका छन् ।

विभिन्न खालका अनुभवहरू संगाल्दै नेकपा एमालेलाई आजको बलियो स्थितिमा ल्याइपुर्याएको उनको भनाइ छ । आज मंगलबार आयोजित १०औं महाधिवेशनका लागि गठन गरिएको प्रचार कमिटीको अन्तिम बैठकलाई सम्बोधन गर्दै सह–संयोजक थापाले भने, ‘अघिल्लो स्थानीय तहको निर्वाचनको अनुभवहरूमा आधारित भएर हेर्दा र यहाँसम्म आउँदा हाम्रो अलिक पृथक अनुभव छ । यो बीचमा हामी धेरै भाँडिएको स्थितिबाट सम्हालिएका छौं ।’

‘नेकपा एमालेको पार्टी पंक्ति सग्लो, सवल र क्यावात भन्ने तरिकाबाट आएको भए आजको स्थितिभन्दा धेरै माथि पुगिने थियो,’ थापाले भने, ‘एकदमै भाँडिएको, आलोचनाका नाममा जे मन लाग्यो त्यही बोल्ने र गरेर हिँड्ने स्थितिबाट सम्हालिएर यति भएको हो ।’

अर्को प्रसङ्गमा थापाले प्रचार कमिटीमा रहेका कतिपय व्यक्तिहरू महाधिवेशनका बेला सम्पर्कमै नआएकोप्रति दुःख व्यक्त गरेका छन् । ‘पार्टीका महत्वपूर्ण इभेन्टहरूमा पार्टीले व्यक्ति नभइ व्यक्तिले पार्टी खोज्ने हो,’ थापाले भने, ‘चुनावमा, महाधिवेशनमा वा अर्को यस्तो कामको बेलामा व्यक्तिले पार्टी खोजेर आफूलाई सक्रिय बनाउने र आफ्नो भूमिकाले मान्छे नोटिशमा आउने कुरा हो ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...