प्रधानन्यायाधीश र न्यायाधीशहरुकै मिलेमतोमा न्यायालयमा भ्रष्टाचार,वर्षौंदेखि प्रतिवेदन यसरी राखियो गोप्य
सर्वोच्च अदालत नेतृत्वको पदभार ग्रहण गर्दा हरेकजसो प्रधानन्यायाधीशले उही वाचा दोहोर्याउने गरेका छन्– ‘न्यायालयमा रहेको विकृति अब रहनेछैन…, अदालतभित्र हुने जुनसुकै भ्रष्टाचारको अन्त्य हुनेछ…, अदालतमा बिचौलियाहरुको प्रवेश निषेध गरिनेछ।’ २००८ सालमा स्थापना भएको सर्वोच्च अदालतले निकट भविष्यमै १८औं नेतृत्व पाउँदैछ।