मौसम बारे जल तथा मौसम पूर्वानुमान महाशाखाले यसो भन्यो,कहिले सम्म कहाँ-कहाँ पानी पर्छ?



हाम्रो इकोनोमि

काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा पानी परेको छ । आइतबार राति तथा सोमबार बिहान अधिकांश क्षेत्रमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वायुमण्डलको माथिल्लो सतहमा पश्चिमी वायुको प्रभाव तथा तल्लो सतहमा भारतको बिहारमा बनेको न्यून चापीय रेखाका कारण देशभरको मौसम बदली भइ पानी परेको मौसमविद मीनकुमार अर्यालले बताए ।

यस्तै बंगलको खाडी तथा अरबीय सागरबाट पनि जलवाष्पयुक्त हावा आएकाले पश्चिम हुँदै देशका सबै क्षेत्रमा बदली भएको उनले बताए ।

अहिले पश्चिमी क्षेत्रमा मौसम खुल्ने क्रम सुरु हुन थालेको र मध्य तथा विशेष गरी पूर्वी क्षेत्रमा बढी बदली रहेको मौसमविदको भनाई छ ।

सोमबार दिनभर मौसम बदली तथा पानी पर्ने क्रम जारी रहने छ । यस्तै उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि छ ।

सोमबार बिहान काठमाडौं उपत्यकामा १३.३ मिलिमिटर पानी परेको छ । दिउँसो पनि पानी पर्ने सम्भावना छ । मंगलबार बेलुकादेखि भने मौसममा सुधार आउने छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...