मौसम बारे जल तथा मौसम पूर्वानुमान महाशाखाले यसो भन्यो,कहिले सम्म कहाँ-कहाँ पानी पर्छ?



हाम्रो इकोनोमि

काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा पानी परेको छ । आइतबार राति तथा सोमबार बिहान अधिकांश क्षेत्रमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वायुमण्डलको माथिल्लो सतहमा पश्चिमी वायुको प्रभाव तथा तल्लो सतहमा भारतको बिहारमा बनेको न्यून चापीय रेखाका कारण देशभरको मौसम बदली भइ पानी परेको मौसमविद मीनकुमार अर्यालले बताए ।

यस्तै बंगलको खाडी तथा अरबीय सागरबाट पनि जलवाष्पयुक्त हावा आएकाले पश्चिम हुँदै देशका सबै क्षेत्रमा बदली भएको उनले बताए ।

अहिले पश्चिमी क्षेत्रमा मौसम खुल्ने क्रम सुरु हुन थालेको र मध्य तथा विशेष गरी पूर्वी क्षेत्रमा बढी बदली रहेको मौसमविदको भनाई छ ।

सोमबार दिनभर मौसम बदली तथा पानी पर्ने क्रम जारी रहने छ । यस्तै उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि छ ।

सोमबार बिहान काठमाडौं उपत्यकामा १३.३ मिलिमिटर पानी परेको छ । दिउँसो पनि पानी पर्ने सम्भावना छ । मंगलबार बेलुकादेखि भने मौसममा सुधार आउने छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...