गृहमन्त्री बादलले भने-ठुला सुन तस्करको नालीबेली यसरी खोजिदैछ,खाता रोक्का गरेर राज्यले जफत गर्छ



हाम्रो इकोनोमि

गृहमन्त्री रामबहादुर थापा बादलले देशको अर्थतन्त्र माफियाको पन्जामा रहेको बताएका छन्। ‘देशको अर्थतन्त्र माफिया, तस्कर र ठेकेदारको हातमा छ,’ थापाले भने, ‘ती माफियाले अर्बौंको राजस्व छली गरेका छन्।’

पोखरामा सोमबार भएको प्रदेशस्तरीय गोष्ठीमा गृहमन्त्री थापाले देशको सुशासन तथा सुरक्षा कमजोर हुनुमा सिन्डिकेट प्रणाली पनि कारक रहेको भन्दै अन्त्य गर्न सरकारले कदम चालिरहेको बताए।

बसको सिन्डिकेट अन्त्यपछि ट्याक्सी, ट्रक लगायत यातायातका एकाधिकार प्रवृत्तिको अभियानमा सरकार दृढतापूर्ण तरिकाले लागेको उनले जानकारी दिए। देशमा विकास, शान्ति तथा समृद्धि र सुशासन व्यवस्थाको स्थापना गर्न भ्रष्टचारलाई समेत हटाउनुपर्नेमा उनको जोड थियो।

सिन्डिकेटकै कारण कोही टाट पल्टने र कोही मोटाउने हुने हुँदा सबै क्षेत्रमा खुल्ला प्रतिस्पर्धा हुनुपर्ने थापाले बताए। ‘सिन्डिकेट पक्षधर यातायात व्यवसायीको रोक्का गरिएको बैंक खाताको पैसा राज्यको हुनेछ,’ उनले भने, ‘यातायात व्यवसायलाई गैरसरकारी बैंक बनाएर कामएको पैसा अवैध हो।’

भारतीय प्रधानमन्त्रीको जनकपुर भ्रमणका बेला स्वतन्त्र मधेसका ब्यानरहरु देखाउनेहरु राष्ट्रिय अखण्डता विरोधी भएको उनको भनाइ थियो।

गृहमन्त्री थापाले मदिराकै कारण घरेलु हिंसा बढेकाले त्यतातर्फ कदम चाल्नुपरेको भनाइ राखे। उनले भने, ‘मदिरा निषेध नै त गर्ने होइन तर व्यवस्थित गर्ने हो।’

आइतबार विभिन्न ठाउँमा भेटिएका बमका प्रसंग निकाल्दै गृहमन्त्री थापाले कसैलाई नछाड्ने र कानुनको दायरामा ल्याइछाड्ने बताए। देशमा स्थायी सरकार आइसकेकाले कुनै पनि समूहले विकासमा अवरोध ल्याउन नसक्ने थापाको भनाइ छ।

सुन तस्करी प्रकरणको विषयमा बोल्दै उनले अझै धेरै विवरण आउने बताए। ‘यो त सुरुवात मात्र हो। अझै धेरैको नाम आउन बाँकी छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...