विप्लव माओवादीले प्रहरीको स्कर्टिङ टोलीमाथि यसरी गर्यो यस्तो हमला



हाम्रो इकोनोमि

डोल्पामा विप्लव माओवादीले प्रहरीमाथि आक्रमण गरेको छ ।
प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गरेर विप्लव पार्टीका कार्यकर्ताले पक्राउ परेका आफ्ना साथी छुटाएर लगेका छन् ।

उनीहरु नेपाल बन्दको सिलसिलामा आइतबार पक्राउ परेका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल बन्दका बेला राष्ट्रियता विरोधी काम भएको भन्दै विप्लव पार्टीले आइतवार नेपाल बन्दको आव्हान गरेको थियो ।

राससका अनुसार नेपाल बन्दका क्रममा बजार बन्द गराउँदै हिँडेको अवस्थामा त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत पर्ने त्रिपुराकोट बगरबजारबाट डोल्पा मुड्केचुला गाउँपालिका–९ घर भएका उक्त दलका जिल्ला सदस्य सागर शाहीलाई त्रिपुराकोट प्रहरीले पक्राउ गरेर राखेको थियो ।

गृहमन्त्री रामबहादुर थापाले आइतवारमात्रै सुरक्षा निकायका प्रमुखलाई कानुविपरित तथा संविधानविरोधी कार्य गर्नेलाई नछाड्न निर्देशन दिएका थिए ।

शान्तिसुरक्षा र विपत् व्यवस्थापनलगायत विषयमा प्रदेश ४ स्थतरीय सुरक्षा गोष्ठिमा उनले यस्तो निर्देशन दिएका थिए ।

वैद्यका सारथी– एउटा ‘जङ्गल’तिर, अर्का सिंहदरबारतिर
आज बिहानै त्रिपुराकोट प्रहरी चौकीबाट स्कर्टिङ गरेर सदस्य शाहीलाई जिल्ला प्रहरी कार्यालय दुनैतर्फ लैजाँदै गर्दा ठूलीभेरी नगरपालिका–९ अन्तर्गत पर्ने भेत्तिडाँडोमा उक्त दलका जिल्ला इन्चार्ज अजित विष्टको नेतृत्वमा आएको पाँचजनाको समूहले प्रहरी हवल्दार धनसिं कठायत र प्रज जयलाल बस्नेतमाथि आक्रमण गरी छुटाएर लगेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले बताए ।

आक्रमणबाट प्रहरी हवल्दार कठायत र प्रज बस्नेतलाई सामान्य चोट लागेको बताइएको छ ।

छिटोभन्दा छिटो आक्रमणकारीलाई पक्राउ गर्नका लागि त्रिपुराकोट जुफाल, कालागौडा र दुनैबाट ३५ प्रहरी परिचालन गरिएको पनि प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिए ।

सागर शाहीसहित बन्दका क्रममा पक्राउ परेका नेकपाका विवश शाही र दिनेश सिंहलाई भने प्रहरीले आइतबार साँझ नै छाडिसकेको थियो ।

यसरी सरकार र विप्लव पार्टीबीच तनाव बढ्दैछ
पछिल्लो समय विप्लवसहित सो पार्टीका धेरै केन्द्रीय नेता भूमिगत छन् ।

विप्लवमाथि पक्राउ पुर्जी पनि जारी भएको छ ।
सरकारले सो पार्टीमाथि गैरकानुनी काम गरे कठोर कारवाही गर्ने बताएको छ ।
सरकार र विप्लव पार्टीवीच तनाव बढिरहेको छ ।
एक अर्को पक्ष एक अर्कालाई उत्तेजित गराउने गतिविधिमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...