परराष्ट्रमन्त्रीले गगन थापाको गर्जनलाई ध्वस्त बनाउने गरी यसरी संसदमै गरे यस्तो जवाफी फायरिंग



हाम्रो इकोनोमि

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले परिवर्तित समयमा दुई देशबीचको सम्बन्ध थप बलियो बनाएको बताएका छन् ।

संसदमा सांसदले विशेष समयमा उठाएका प्रश्नको जवाफ दिदैँ ज्ञवालीले विगतमा प्रतिबद्धता र कार्यान्वयनको ग्याप रहेको तर अब त्यस्तो नहुने बताए।

सोमबारको बैठकमा कांग्रेस सांसद अमरेशकुमार सिंहले शेरबहादुर देउवाले भारत भ्रमण गर्दा धेरै विषय समेटिएको तर अहिले केही विषयमात्र समेटिएको बताएका थिए। जवाफमा परराष्ट्र मन्त्री ज्ञवालीले सेप्टेम्बर १९ को डेढलाइन बनाएर सबै विषयहरु छलफल भएको बताए।

सांसदहरुले भारतीय सांसद कीर्ति आजादको ट्वीटको प्रसङ्ग समेत उठाएका थिए। जनकपुरलाई भारतम मिसाएर मिथिला राज्य बनाउन माग गर्दै आजादाले ट्वीट गरेका थिए । सांसदहरुले उक्त भनाई प्रति सरकारको धारणा माग गरेका थिए।

त्यसको जवाफमा मन्त्री ज्ञवालीले भने, ‘नेपालको सन्दर्भमा आएको धारणाले सम्बन्ध बिगार्ने मनसायबाट लक्षित छ। भारत सरकारको ध्यानाकर्षण गराउन चाहन्छुु।’

उनले अभिनन्दनमा प्रयोग भएको भाषा र तरिकामा ध्यानाकर्षण गराएका सांसदलाई धन्यवाद दिए । ‘नेपालको परराष्ट्र सम्बन्ध संघीय सरकारको अधिकार भित्र पर्छ। कुनै कूटनीतिक डिल गर्दा संघीय सरकारको सहमति लिनु अपरिहार्य छु’, ज्ञवालीले भने, ‘संविधानको विषयमा व्यक्त विचार कूटनीतिक मर्यादा अनुसार, राजनीतिक संस्कार सम्मत भएन। अभ्यासको कमीले होला। भोलिका दिन यसलाई प्रभावकारी ढंगले लैजाने छौँ।’

कांग्रेस सांसद गगन थापाले जनकपुरमा प्रयोग भएको झण्डाबारे प्रदेशका मुख्यमन्त्रीलाई नभई परराष्ट्र मन्त्रीलाई पाठ पढाउनुपर्ने बताएका थिए । त्यसको जवाफमा ज्ञवालीले भने ‘म सधैँ विद्यार्थी हो । सिक्न तयार छु ।’

उनले प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्रीको एक्लाएक्लै वार्ता कूटनीतिक प्रचलन भएको बताए ।

उनले पत्रकारलाई मोदीको भ्रमणको समाचार संकलनमा पास वितरणमा समस्या भएर सूचनासम्म पहुँच नपाएकोमा विषयमा समीक्षा गर्ने बताए ।

‘नेपालका सञ्चारकर्मीलाई पहुँच नदिनुपर्ने कुनै आवश्यक छैन’, ज्ञवालीले भने, ‘भेटघाट मर्यादित व्यवस्थित हुन् भन्ने हाम्रो भनाई हो ।

ज्ञवालीले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको सुरक्षा नेपाली सुरक्षाकर्मीले नै प्रबन्ध गरेको बताए । नेपालको सुरक्षाकर्मी र्पयाप्त मात्रा सक्षम रहेको उनको भनाई छ । भ्रमणको सुरक्षा प्रबन्ध नेपाली सुरक्षाकर्मीले गरेको उनले बताए ।

उनले भारतीय प्रधानमन्त्रीको भ्रमणको मिती द्विपक्षीय सहमतिमा तय भएको बताए । माओवादी केन्द्रकी सांसद पम्फा भुसालले मिती सार्वजनिक भारतीय तर्फबाट हुँदा कूटनीतिक कमजोरी देखिएको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...