बागलुङ नगरपालिका–२ रुद्रेपिपल भन्ने स्थानमा गएराति ग ६ प ६३१ नं को मोटरसाइकल दुर्घटना हुँदा काठेखोला गाउँपालिका –८ लेखानीका कृष्ण कँडेलको मृत्यु भएको छ । कँडेलको धौलागिरि अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासेसम्म अब केबलकारमै पुग्न सकिने भएको छ ।
युवा संघ, वाइसियल र तरुण दलले संयुक्त रुपमा संविधान दिवस मनाउने भएका छन् । युवा संघ नेपाल, वाइसीएल