युवा संघ, वाइसियल र तरुण दलले संयुक्त रुपमा संविधान दिवस मनाउने



हाम्रो इकोनोमि

 

 

युवा संघ, वाइसियल र तरुण दलले संयुक्त रुपमा संविधान दिवस मनाउने भएका छन् । युवा संघ नेपाल, वाइसीएल नेपाल, तरुण दल नेपालको आज युवा संघ नेपालको कार्यालयमा सयुक्त बसेको बैठकले संविधान दिवस संयुक्त रुपमा मनाउने निर्णय गरेको हो ।

युवा संघ नेपालका अध्यक्ष रमेशकुमार पौडेलको अध्यक्षतामा बसेको बैठकले विभिन्न एजेन्डाहरुमा छलफल गर्दै महत्त्वपूर्ण निर्णयहरु गरेको हो । साथै बैठकले यही असोज ५ गते दिउसो २ बजे ”समृदी र सुशासनका लागि लोकतन्त्रको भुमिका” विषयमा संयुक्त अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।

बैठकले निर्मला पन्त हत्याका दोषी पत्ता लगाई मुलुकभर बढदै गएको महिला हिंसा नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गर्ने, युवा सञ्जाल पुनर्गठन गर्ने र संयोजनको जिम्मा युवा संघ अध्यक्ष रमेश पौडेललाई जिम्मेवारी दिने निर्णय गरेको युवासंघ नेपालका सचिव बचनबहादुर सिंहले जानकारी दिनुभयो ।

नेता सिंहका अनुसार बैठकमा संविधान दिवस, लोकतान्त्रिक भेला, युवाहरुका सामुदायिक मुद्दाहरुको सम्बन्ध र लैगिक हिंसाका सम्बन्धमा छलफल भएकाे छ । बैठकमा वाइसीएलका अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखा, तरुण दलका केन्द्रीय उपाध्यक्ष उतम चापागाईं , युवा संघ नेपाल बरिस्ठ उपाध्यक्ष किरण पौडेल , वाइसीएलका उपाध्यक्ष सुदिप तामाङ , युवा संघ उपाध्यक्ष प्रभात बिक्रम कटबाल लगायतको उपस्थित रहेको थियो।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...