युवा संघ, वाइसियल र तरुण दलले संयुक्त रुपमा संविधान दिवस मनाउने



हाम्रो इकोनोमि

 

 

युवा संघ, वाइसियल र तरुण दलले संयुक्त रुपमा संविधान दिवस मनाउने भएका छन् । युवा संघ नेपाल, वाइसीएल नेपाल, तरुण दल नेपालको आज युवा संघ नेपालको कार्यालयमा सयुक्त बसेको बैठकले संविधान दिवस संयुक्त रुपमा मनाउने निर्णय गरेको हो ।

युवा संघ नेपालका अध्यक्ष रमेशकुमार पौडेलको अध्यक्षतामा बसेको बैठकले विभिन्न एजेन्डाहरुमा छलफल गर्दै महत्त्वपूर्ण निर्णयहरु गरेको हो । साथै बैठकले यही असोज ५ गते दिउसो २ बजे ”समृदी र सुशासनका लागि लोकतन्त्रको भुमिका” विषयमा संयुक्त अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।

बैठकले निर्मला पन्त हत्याका दोषी पत्ता लगाई मुलुकभर बढदै गएको महिला हिंसा नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गर्ने, युवा सञ्जाल पुनर्गठन गर्ने र संयोजनको जिम्मा युवा संघ अध्यक्ष रमेश पौडेललाई जिम्मेवारी दिने निर्णय गरेको युवासंघ नेपालका सचिव बचनबहादुर सिंहले जानकारी दिनुभयो ।

नेता सिंहका अनुसार बैठकमा संविधान दिवस, लोकतान्त्रिक भेला, युवाहरुका सामुदायिक मुद्दाहरुको सम्बन्ध र लैगिक हिंसाका सम्बन्धमा छलफल भएकाे छ । बैठकमा वाइसीएलका अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखा, तरुण दलका केन्द्रीय उपाध्यक्ष उतम चापागाईं , युवा संघ नेपाल बरिस्ठ उपाध्यक्ष किरण पौडेल , वाइसीएलका उपाध्यक्ष सुदिप तामाङ , युवा संघ उपाध्यक्ष प्रभात बिक्रम कटबाल लगायतको उपस्थित रहेको थियो।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...