मन्त्रालयमाथि प्रधानमन्त्रीको अनुगमन सुरु, यस्तो छ ओलीको गोजीमा रेडजोनमा परेका मन्त्रीका नाम



 

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयहरूले आफ्नो कार्ययोजनाअनुसार कति काम गरे भन्नेबारे अनुगमन सुरु गरेको छ ।

 

प्रधानमन्त्री कार्यालयको अनुगमन महाशाखाले मंगलबार अनुगमनका लागि तयार गरिएको सफ्टवेयरमा मन्त्रालयहरूले प्रगति विवरण किन पेस गरेनन् भन्ने शीर्षकमा अनुगमन गरेको हो ।

 

अनलाइन मनिटरिङका लागि प्रधानमन्त्रीको कार्यालयले सफ्टवेयर बनाएर त्यसमा मन्त्रालयले कार्ययोजनाअनुसार गरेका कामको विवरण अपडेट गर्न भनेको थियो ।

 

तर, केही मन्त्रालयलाई सफ्टवेयरमा कसरी प्रगति विवरण अपडेट गर्ने भन्ने अन्योल देखिएकाले सहजीकरणका लागि गएको प्रधानमन्त्री कार्यालयस्थित अनुगमन महाशाखाका सहसचिव यमलाल भुसालले बताए ।

 

उनले सरकारको नीति र बजेटका आधारमा मन्त्रालयले पेस गरेको कार्ययोजनाअनुसार कति काम भइरहेको छ भन्ने विषय अब अनलाइनबाटै अनुगमन हुने बताए ।

 

त्यसक्रममा विवरण अनलाइनमा अपडेट गर्न केही मन्त्रालयलाई अन्योल देखिएपछि मन्त्रालयमै गएर सिकाइएको उनले बताए । अनलाइन अनुगमन प्रणाली भर्खर सुरु भएकाले सबै मन्त्रालयलाई सक्रिय बनाउन केही समय लाग्ने सहसचिव भुसालको भनाइ छ ।

 

करिब एक सातापछि अनलाइनबाट मन्त्रालयको अनुगमन गर्ने प्रणाली सक्रिय हुने उनले बताए ।

 

सफ्टवेयर कस्तो छ ?
गत २७ असारमा प्रधानमन्त्री केपी ओलीले हरेक मन्त्रालयसँग सरकारको नीति तथा योजना र बजेटअनुसार आर्थिक वर्षका लागि मन्त्रालयको कार्ययोजना माग गरेका थिए ।

 

त्यसै आधारमा मन्त्रालयले समय तोकेर पेस गरेको कार्ययोजनाअनुसार काम गरिरहेको छ कि छैन भन्ने अध्ययन गर्न प्रधानमन्त्रीको कार्यालयले अनुगमन महाशाखा बनाएको छ ।

 

महाशाखाले अनलाइन प्रणालीबाटै अनुगमन गर्ने सफ्टवेयर निर्माण गरेको छ । उक्त सफ्टवेयरमा हरेक मन्त्रालयले आफ्नो कार्ययोजनाअनुसार भएको कामको विवरण  पेस गर्नुपर्नेछ ।

 

केपी शर्मा आेली नेतृत्वको सरकारको चाैतर्फी आलोचना बढ्दै गएको छ । सरकारले देशमा विभिन्न किसिमका घटनालाई निरुत्साहित गर्नुको साटो मन्त्रीहरु अयोग्य रहेको भन्दै आेलीले मन्त्रीहरुको लिस्ट तयार पारेका छन् ।

 

आेलीले असक्षम मन्त्रीहरुको सुचि तयार पारिरहेको स्रोतले जनाएको छ । केहि दिन देखि आेलीले मन्त्रीहरु हटाउन लागेको भन्दै व्यापक चर्चा चलेको थियो । तर, यो हल्ला निराधार भएको भन्दे गृहमन्त्री बादल र प्रधानमन्त्री आेली आफैले स्पष्टिकरण समेत दिएका थिए ।

 

स्रोतका अनुसार प्रधानमन्त्रीले हटाउन तयार पारेको मन्त्रीको नाम एउटा डायरीमा सुरक्षित राखेको जनाइएकोछ ।

 

असक्षम मन्त्रीहरुको ‘हिट लिष्ट’ मा पर्यटनमन्त्री रवीन्द्र अधिकारी, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, उद्योगमन्त्री मातृका यादव, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, संघीय मामिलामन्त्री लालबाबु पण्डित र अर्थमन्त्री डा. युवराज खतिवडाको नाम छ ।

 

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका उड्नुअघि प्रधानमन्त्री ओलीले हटाउने तयारी गरेर ‘हिट लिष्ट’ बनाएका मन्त्रीहरुसँग एक्लाएक्लै भेटवार्ता गरेर समिक्षा गर्ने स्रोतको दाबी छ ।

 

नेकपा निकट उच्च स्रोतले भन्यो,‘अमेरिका जानुअघि प्रधानमन्त्रीज्यूले असन्तुष्ट रहेका सबै मन्त्रीहरुसँग छलफल गर्नुहुन्छ, सायद मन्त्रीहरु हटाउन पनि सक्नुहुन्छ ।’

 

यता, नेकपाभित्र अध्यक्षद्धय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नै सहमति बनेर मन्त्रीहरु हेरफेर गर्न लागिएको बुझिएको छ ।

 

अहिले नयाँ मन्त्रीहरु क–कसलाई पठाउने भन्नेबारेपनि दुई अध्यक्षबीच छलफल प्रारम्भिक रुपमा चल्न थालेको छ । तर, नेकपामा यसरी मनोमानी ढंगबाट मन्त्रीहरु हटाउन थाले पार्टी फुट्ने भन्दै नेता माधव नेपालले धम्की समेत दिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्