नमस्ते नगर्ने शिक्षकलाई वडाध्यक्षले हाने झापड, न्याय माग्दै शिक्षक पुगे नगरपालिका



हाम्रो इकोनोमि

 

 

गुल्मीका एक वडाध्यक्षले आफूलाई नमस्ते नगरेको भन्दै एक शिक्षकलाई झापड हानेका छन् ।

गुल्मीको रेसुङ्गा नगरपालिका–१० मा स्थित भगवती माध्यमिक विद्यालयका शिक्षक गोपाल बिष्टले आफूलाई वडाध्यक्षले नमस्ते नगरेकै कारण झापड हानेको भन्दै न्याय माग्दै नगरपालिकामा निवेदन पेश गरेका छन ।

असोज १ गते वडा अध्यक्षको धम्कीपूर्ण त्रासबाट त्रसित उनी विद्यालयमा उपस्थित छैनन । आफूलाई असुरक्षा तथा खतरा महसुस भएपछि ज्यानको सुरक्षा र मनोवल उच्च हुने गरी न्याय पाउँ भनि नगरपालिकामा निवेदन पेश गरेको जनाएका छन् ।

असोज १ गते विद्यालयका शिक्षक गोपाल बिष्ट कक्षा–८ को कम्प्युटर बिषय पढाई रहँदा वडा अध्यक्ष पदम अर्याल कक्षामा प्रवेश गरेका थिए । अध्यक्ष अनुगमनमा आएका होलान् भनि शिक्षक अध्यापनमा नै केन्द्रीत रहेका थिए ।

कक्षा कोठा घुमेर गएका अध्यक्ष अर्यालले लगत्तै शिक्षक बिष्टलाई कार्यालयमा बोलाएको र शिक्षक बिष्ट कार्यालयमा गई कुर्सीमा बस्न नपाउदै वडाध्यक्ष अर्यालले ‘तैले मलाई नमस्कार नगर्ने’ भन्दै हप्काएको निवेदनमा उल्लेख गरिएको छ । शिक्षक बिष्टले आफूलाई अध्यक्ष अर्यालले तँ सुपेरियर बनेको, तैले के खोजेको भन्दै तल्लोस्तरमा झारेर गाली गरेको निवेदनमा उल्लेख गरेका छन् ।

आफू मौन रहेको अबस्थामा पनि वडाध्यक्ष अर्यालले यो अरु ठाउँ जस्तो होइन सिमिचौर हो सिमिचौर, ख्याल गर भन्दै धम्की दिएको र शिक्षक बिष्टले केही जबाफ नफर्काइ कुर्सीमा बसेको बिष्टलाई वडा अध्यक्ष अर्यालले कुर्सीबाट उठेर हातपात गर्न खोज्दै तलाई तल पु¥याई दिउँला यो सिमिचौर हो, बिचार गर भन्दै धम्की दिएको निवेदनमा उल्लेख छ । तर वडाध्यक्षले भने यस सब आफूबाट नभएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...