समाचार

निर्मला हत्या प्रकरणः निलम्बित एसपीसहित तीनै जनाको डीएनए मिलेन

  निर्मला पन्तको बलात्कार प्रकरणमा विवादित बनेका एसपी डिल्लीराज विष्टसहित तीन जनाको डीएनए परीक्षणको रिपोर्ट आएको छ । तर, तीनै जनाको रिपोर्ट मेल खाएन ।   कञ्चनपुरका एसपी कुबेरबहादुर कठायतले अनलाइनखबरसँग भने, ‘डीएनए रिपोर्ट आएको छ तर, मेल खाँदैन ।’