निर्मला पन्त हत्या प्रकरणः समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन



हाम्रो इकोनोमि

 

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अध्ययन प्रतिवेदन सार्वजनिक गरि दोषीलाई कारवाहीको माग गर्दै राजधानीको माइतीघर मण्डलामा नागरिक दबाब कार्यक्रम गरिएको छ ।

 

निर्मला पन्तको न्यायका लागि स्वतः स्फूर्त रुपमा शनिबार  मण्डलामा भेला भएका नागरिक अभियन्ताहरुले घटनाको छानविन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरे ।

 

घटनाको दुई महिना भइसक्दा पछि दोषी पत्ता नलाग्नु र छानविन समितिको प्रतिवेदन पनि सार्वजनिक नगर्नुले सरकार अपराधीको संरक्षणमा लागेको प्रमाणित भएको भन्दै उनीहरुले गृहमन्त्री र सरकार विरुद्ध नाराबाजी गरे ।

 

छानविन प्रतिवेदन सार्वजनिक गरि दोषीलाई कारवाही गर्नुको साथै मुलुकभरका महिला हिंसाका घटना न्युनीकरणको माग सहितको प्लेकार्ड लिएर भेला भएका युवा अभियन्ताहरुले देशव्यापी आन्दोलन चर्काउने चेतावनी दिए ।

 

गृहमन्त्रालयद्धारा गठित उच्चस्तरीय छानविन समितिले सो घटनको अध्ययन प्रतिवेदन बुझाईसकेको भएपनि सरकारले प्रतिवेदन सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...