योगेश भट्टराईको नजरमा रविन्द्र अधिकारी
बुधबार (१५ फागुन २०७५) दिउँसोतिर योगेश भट्टराई होटल हिमालयमा एउटा कार्यक्रममा थिए । लन्च टाइमको ब्रेकमा बाहिर कफी खाइरहेका थिए । उनको नम्बरमा ताप्लेजुङका होटेल व्यवसायी सुरेश मादेनले फोन आयो । योगेशलाई लाग्यो, ‘जिल्लाका सरोकारका केही बिषय होलान् ।’