शीर्ष नेतालाई एक्लाएक्लै मनाउने प्रयासमा ओली–प्रचण्ड
एकीकरण प्रक्रिया ११ महिनासम्म अल्झिएपछि नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले जिल्लाको नेतृत्व टुंग्याउन सचिवालयका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै छलफल सुरु गरेका छन् । नेताहरूलाई अलगअलग भेटेर जिल्ला नेतृत्वको सूचीमा सहमत गराउने र त्यो सूची सचिवालयबाट पारित गर्ने