विवाहमा गएका युवकको शरिर दुई टुक्रा



हाम्रो इकोनोमि

 

कञ्चनपुरको कृष्णपुरमा एक युवकको विभत्स हत्या भएको छ ।

चार दिन अघि वेपत्ता भएका कृष्णपुर नगरपालिका ७ का युवक सुबिल बडायकको हत्या भएको हो ।

उनी २८ चैत्र कलुवापुर गाउँमा विवाहमा गएको समयदेखि बेपत्ता रहेका थिए ।

बडायकले टाउको र शरिर अलग भएको अवस्थामा सोमबार खोलामा शव फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

रैकवार विचुवा प्रहरी चौकीका इन्चार्ज दिल बहादुर कुँवरले लम्बाचदरको न्युरा खोलामा बडायकको शव फेला परेको बताए ।

बडायकको शव परीक्षणको लागि सेती अञ्चल अस्पताल धनगढीमा राखिएको छ ।

प्रहरी नायब निरीक्षक कुँवरकाअनुसार हत्याको आशंकामा तीन महिलालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ ।

‘विवाहमा डिजेमा नाचिरहेका बेला डिस्कर्स परेको रहेछ, ‘उनले भने, ‘युवतीसहित मिलेर हत्या गरेको आंशका गरेका छौँ ।’

कसको विवाह थियो वा कुनै पार्टी थियो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बडायकको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...