प्रति गोटा तीन रुपैँया सस्तो भयो अण्डा



हाम्रो इकोनोमि

 

बैशाख ३, २०७६ चितवन स् नेपाल अण्डा उत्पादन संघले अण्डको मूल्य प्रतिगोटा तीन रुपैयाँ घटाएको छ।

अण्डाको बजार सन्तुलन कायम राख्न सोमबारदेखि लागु हुने गरी मूल्य घटाएको संघले जनाएको छ।

यसअघि प्रतिगोटा १३ रुपैँया पर्ने अण्डाको मूल्य १० रुपैयाँ निर्धारण गरिएको संघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए।

नेपालमा हाल दैनिक ५० लाख वटा अण्डा उत्पादन हुने गरेको संघले जनाएको छ।

नेपालको एक मात्र आत्मनिर्भर पोल्ट्री व्यवसायमा विभिन्न समयमा देखा पर्ने समस्याले समग्र ठूलो नोक्सानी व्यहोर्नु परिरहेको संघले बताएको छ।

अध्यक्ष कँडेलका अनुसार नेपालमा अहिले दैनिक एक करोड ९२ लाख रुपैयाँ नोक्सानी भइरहेको छ।

दानाको वर्तमान बजार मूल्य र अन्य खर्चका कारण उत्पादन लागत प्रतिगोटा अण्डाको १० रुपैयाँ ५० पैसा लाग्ने गरेको किसानको भनाइ छ।

अण्डा उत्पादक किसानले हाल प्रतिगोटा ६ रुपैयाँ ६६ पैसा मात्रै पाउँदै आएका छन्। तीन रुपैयाँ ८४ पैसा नोक्सान व्यहोरेर बेचिरहेको किसानको गुनासो छ।

केही समयअघि मात्रै किसानले आन्दोलन गरेपछि अण्डाको मूल्य बढाइएको थियो। बर्ड फ्लुले पोल्ट्रीजन्य बस्तुको खपतमा नकारात्मक प्रभाव परेको अण्डा उत्पादक संघले जनाएको छ।

संघले दिनहँु घाटा सहनु परेको अवस्थातर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

उत्पादक र उपभोक्ताबीचमा रहेको अन्तर घटाउन र उपभोक्तालाई निर्धक्कसँग अण्डा र मासु उपभोग गर्ने वातावरण बनाउन सहयोगी भूमिका निर्वाह गर्न सरकारलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...