समाचार

ऋण दिने बहानामा बलात्कार, नेपाल बंगलादेश बैंकका शाखा प्रमुख पक्राउ

  विराटनगरमा एक महिलालाई बलात्कार गरेको आरोपमा धनपालथान गाउँपालिका ४ स्थित नेपाल बंगलादेश बैंक शाखा कार्यालयका प्रबन्धक पक्राउ परेका छन् । बलात्कृत महिलाको उजुरीको आधारमा झापाको बुधबारे घर भएका ४५ वर्षीय अमित बाँस्तोलालाई जिल्ला प्रहरी मोरङले पक्राउ गरेको हो ।