चटपट बेचेर स्नातक पढ्दै १८ वर्षीय नेपाली चेली



हाम्रो इकोनोमि

 

उखान छ नी खाने मुखलाई जुगाँले छेक्दैन । आर्थिक अवस्था अभाव भएकाले पढ्न पाईन भन्नेहरु धेरै भेटिन्छन् त्यो उनीहरुको बहाना मात्र हो भन्ने कुरा एक नेपाली चेलीले प्रमाणित गरिदिएकी छिन् ।

नेपालमा युवा पुस्तामा विस्तारै योग्यता–क्षमता अनुसारको काम नपाएर विदेश भौतारिने क्रम बढिरहेको बेला केही युवाहरु भने समाजमा उदाहरणीय बनेर काम गरिरहेका छन् ।

यस्तैमा पर्दछिन गोर्खाकी रितु बस्नेत । भर्खरै १८ वर्षकी रितु अहिले स्नातक प्रथम वर्षमा अध्ययनरत छिन् ।

उनी आजभोलि काठमाडौँ बनस्थलीमा पानीपुरी र चटपटेको व्यापार गरेर बसिरहेकी छिन् ।

सुन्दर र बान्की परेको अनुहार र शरीर अनि स्नातक अध्ययनरत उनलाई आफ्नो काम गर्न कुनै लज्जाबोध छैन आफ्नो लगानी, आफ्नो श्रम अनि आफ्नै कमाई ।

माध्यमिक शिक्षा पूरा गरेपछि अष्ट्रेलिया, अमेरिका, जापानमा उच्च शिक्षाको मोह कायमै छ भने श्रम गर्न मलेसिया र खाडी जानेहरुको संख्या पनि उत्तिकै छ ।

देशमा काम छैन, भविष्य छैन भन्दै विदेशमोह राख्नेहरुकोबीचमा उनी उदाहरणीय बनेकी छिन् । उनले यो कामबाट आफुलाई पढ्ने रकमपनि जुटाएकी छिन् आर्थिक अभावपनि टारेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...