रेशम चौधरीलाई रिहा गर्ने सहमति, ठाकुर–महतोले रक्षा, गृह र अर्थ मन्त्रालय मागे
प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद विस्तारको गृहकार्य गरिरहेका बेला महन्थ ठाकुर–राजेन्द्र महतो नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा)को महन्थ ठाकुर–राजेन्द्र महतो समूहले आकर्षक मन्त्रालयहरूमा दाबी गरेको छ । प्रधानमन्त्री ओलीले जसपालाई आठ मन्त्रालय दिन सहमति गरेको नेताहरूको भनाइ छ