माधव नेपालको नयाँ पार्टीमा सुरेन्द्र, घनश्याम, योगेश, गोकर्ण र ठाकुर गैरे नजाने



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री एवं आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँगको प्रतिशोधका कारण माधव नेपाल नेकपा एमालेबाट अलग्गिएर नयाँ पार्टी खोल्ने तयारी गर्नुभएको छ । उक्त पार्टीलाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धनमा समाहित गरी चुनाव लड्ने योजना पनि नेपालले बनाउनुभएको छ । प्रतिनिधिसभा फेरि विघटन गरिएपछि नेपाल समूहले संसद् विघटनको विरोध गर्दै विपक्षी गठबन्धनलाई साथ दिने घोषणा गरिसकेको छ ।

विघटनलाई नै चुनावी मुद्दा बनाएर मोर्चाबद्ध रुपमा अघि बढ्ने अपेक्षा नेपाल पक्षको छ । प्रचण्डको नेतृत्वमा हुने मोर्चालाई नै चुनावी गठबन्धन बनाउने सोच नेपाल समूहले बनाएको छ । सकेसम्म कांग्रेसलाई गठबन्धनमा स्वागत गर्ने र ओली नेतृत्वको एमालेलाई आगामी चुनावमा शून्यमा परिणत गर्ने नेपाल समूहको योजना छ । कांग्रेसले एक्लै चुनाव लड्ने भए पनि अरु जति समूह मोर्चामा आबद्ध हुन्छन्, तिनलाई समेट्दै लैजानुपर्ने नेपाल पक्षको बुझाइ छ ।

छुट्टै पार्टी खोल्ने नेपालको तयारीमा सुरेन्द्र पाण्डे लगायत केही प्रभावशाली नेताहरुले भने साथ नदिने भएका छन् । सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, ठाकुर गैरे, गणेश पहाडी लगायतले एमाले छाडेर छुट्टै पार्टीमा जान नसकिने स्पष्ट पारिसक्नुभएको छ । शेरबहादुर तामाङ, लालबाबु यादव, विष्ण रिजाल लगायत भने नेपाल समूह त्यागेर यसअघि नै एमालेको मूलधारमा फर्किनुभएको छ । नेपालले केही कार्यकर्तामार्फत् निर्वाचन आयोगमा यसअघि नै दल दर्ता पनि गराइसकेका छन् ।

अबको केही दिनमा पार्टी घोषणा गर्ने तयारी छ । यस कार्यमा नेपाललाई वामदेव गौतमले पनि साथ दिनेछन् । तर, गौतमसँग रोपाइँ प्रकरणमा चर्चित पूर्वमन्त्री हरि पराजुलीबाहेक कोही नेता कार्यकर्ता छैनन् । नेपालसँग भने भीम रावल, रघु पन्त, भीम आचार्य, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामकुमारी झाँक्रीलगायत हुनेछन् । शनिबार बसेको एमाले स्थायी समितिको बैठकले पनि पार्टीमा फर्कन सक्ने नेताहरुलाई कारवाही गरेको छैन ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...